4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी सफल अलराउन्डर सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी छिन् ।

फेयर ब्रेक इनभीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) बाट मान्यता प्राप्त टि२० खेल हो । प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता आगमी मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मंप्रित कौर र पाकिस्तानकी सना मिर लगायत विश्वका चर्चित खेलाडी खेल्ने बुझिएको छ ।
तर सीता कुन टोलीबाट खेल्ने आयोजकले निर्धारण गर्ने । १४ वर्षमा ऐतिहासिक देशको लागि प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी छु । मैले गर्दा आगमी महिला खेलाडीलाई सहयोग हुन्छ, सीताले भनिन् । अघिल्लो साता युएईमा भएको आईसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सीताले ५ खेलमा १ सय रन बनाउनुको साथै ६ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएकी थिइन् । कतारसँगको तीन महिला टि२० आई खेलमा पहिलो खेलमा ३९ र तेस्रो खेलमा अविजित ८२ रन बनाएकी थिइन् ।

८२ रन नेपाली महिला क्रिकेटरले कुनैपनि अन्तर्राष्ट्रिय खेलमा बनाएको उच्च व्यक्तिगत प्रदर्शन हो । सीताले नेपालबाट २१ महिला टि२० आईमा ४ सय ३९ रन बनाउनुको साथै २१ विकेट लिएकी छिन् । जुन नेपाली महिला टि२० आईमा सर्वाधिक रन बनाउने र विकेट लिने दुवैमा शीर्षस्थानमा छ ।
सीताले नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको २००७ देखि निरन्तर क्रिकेट खेल्दै आएकी छिन् । २००७ जुलाई १२ मा थाईल्यान्डविरुद्ध सीताले नेपालको लागि ऐतिहासिक पहिलो खेल खेलेकी थिइन् । जुन नेपाली महिला टोलीले खेलेको इतिहासकै पहिलो खेल थियो । बायाँ हाते ब्याटर तथा स्पिनर सीताले त्यसपछि लगातार नेपाली महिला टोलीबाट खेल्दै आएकी छिन् ।
घरेलु क्रिकेट भने सीताले नेपाल एपिएफ क्लवबाट खेल्दै कप्तानी गर्दै आएकी छिन् । पछिल्लो समय उनको प्रदर्शन पनि उत्कृष्ट छ । त्यस्तै सीता र क्विन्स इभेन्ट्स म्यानेजमेन्टबीच एजेन्सी सेवा प्रदान गर्ने सम्झौता भएको छ । क्विन्स म्यानेजमेन्टका प्रमुख छुम्बी लामा र सीताले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]