4 years ago
December 4, 2021
एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा निरिह बनेको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २१ ओभरमा कुनै विकेट नगुमाई ६९ रन बनाएको छ । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारत समग्रमा ३ सय ३२ रनले अघि छ ।

भारतका ओपनर मयंक अग्रवाल ७५ रनमा ६ चौकासहित ३८ रनमा अविजित छन् । चेतेश्वर पुजारा ५१ बलमा ३ चौका र १ छक्का सहित २९ रनमा अविजित छन् । ओपनर सुभमन गिल चोटका कारण ओपनिङ आएका थिएनन् । न्युजिल्यान्ड पहिलो इनिङमा २८.१ ओभरमा ६२ रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान टम लाथम १० र जेम्स निशम १७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान केन विलियम्सन चोटका कारण टोलीमा छैनन् ।
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भयो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए ।
भारतका ओपनर मयंक अग्रवालले ३ सय ११ बलमा १७ चौका र ४ छक्का सहित सर्वाधिक १ सय ५० रनको योगदान दिए । तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए । ओपनर मयंक अग्रवाल र सुभमन गिलले पहिलो विकेटका लागि २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो । दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । पटेलले श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए । पटेल टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन् ।
यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका जिम लेकरले १०–१० विकेट लिए । कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा १९९९ र लेकरले अष्ट्रेलियाविरुद्ध १९५६ मा म्यानचेस्टरमा उक्त सफलता हात पारेका थिए । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]