4 years ago
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान देव खनालले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २२ ओभरमा ३ विकेट गुमाउँदै १ रन बनाएको छ । कप्तान देव खनालले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ७२ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित छन् । जारी प्रतियोगितामा देवको चौथो अर्धशतक हो । देवले ७० बलमा अर्धशतक पूरा गरेका थिए । देवले प्रदेश २ विरुद्ध ६२, बागमतीविरुद्ध ६७ र सुदूरपश्चिमविरुद्ध ९२ रनको इनिङ खेलेका थिए ।
तीव्र गतिका बलर आकाश चन्दको १७ औं ओभरको अन्तिम बाउन्सर बलमा वैकल्पिक फिल्डर कैलाश ऐरीले कभरमा देव खनालको ४१ रनमा क्याच छाडेका थिए । तीव्र गतिका बलर हेमन्त धामीले पहिलो ओभरको दोस्रो बलमै ओपनर शून्यमा आउट भएका थिए । तर त्यसपछि दोस्रो विकेटका लागि विकेटकिपर प्रज्वल थापा र देवले ७८ रनको राम्रो साझेदारी गर्दै अघि बढाए ।
प्रज्वल ५३ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच आउट भए । आकाशको १९ औं ओभरको अन्तिम बलमा थर्डमा नरेन्द्र साउदबाट क्याच भएका थिए । स्पिनर शेर मल्लको बलमा विराट भण्डारी विकेटकिपर अर्जुन साउदबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के ।
लुम्बिनी लिगमा ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो । सुदूर ६ खेलमा ४ मा जित र २ हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । लिगमा सुदूर लुम्बिनीसँग १ विकेटले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]