default_image

4 years ago

December 5, 2021

उपाधि जित्न सुदूरपश्चिमलाई लुम्बिनीको मध्यम लक्ष्य

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनाल र विशाल विक्रम केसीको अर्धशतकमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित ५० ओभरमा २ सय १२ रनमा अल आउट भयो । कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । विशालले ६९ बलमा ४ चौका र २ छक्का सहित ५१ रन जोडे । तीव्र गतिका बलर आकाश चन्दको १७ औं ओभरको अन्तिम बाउन्सर बलमा वैकल्पिक फिल्डर कैलाश ऐरीले कभरमा देव खनालको ४१ रनमा क्याच छाडेका थिए । जारी प्रतियोगितामा देवको चौथो र विशालको पहिलो अर्धशतक हो । देवले ७० बल र विशालले ६६ बलमा अर्धशतक पुर्याएका थिए ।


तीव्र गतिका बलर हेमन्त धामीले पहिलो ओभरको दोस्रो बलमै ओपनर शून्यमा आउट भएका थिए । दोस्रो विकेटका लागि प्रज्वल थापा र देवले ७८ रनको साझेदारी गरे । प्रज्वल ५३ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच आउट भए । आकाशको १९ औं ओभरको अन्तिम बलमा थर्डमा नरेन्द्र साउदबाट क्याच भएका थिए । स्पिनर शेर मल्लको बलमा विराट भण्डारी विकेटकिपर अर्जुन साउदबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के ।


देव आकाशको २९ औं ओभरको अन्तिम बलमा एज लागेर खडक बोहराबाट क्याच हुन पुगेका थिए । सुनिल भण्डारी ६, बशिर अहमद ४ र कमल वली १ रनमा आउट भए । तल्लोक्रमका दुर्गेश गुप्ताले ३३ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा बोल्ड आउट भए ।


सुदूरपश्चिमका आकाश चन्दले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर शेर मल्लले १० ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउद र राहुल भण्डारीले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.