default_image

4 years ago

December 5, 2021

सुदूरपश्चिमको खराब ब्याटिङ

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दुर्गेश गुप्ता र मोहम्मद हसनको उत्कृष्ट बलिङसँगै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेश लुम्बिनीसँग खराब ब्याटिङ गरेको छ ।

२ सय १३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १६ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । तीव्र गतिका बलर दुर्गेश गुप्ताको पाँचौं ओभरको पाँचौं बलमा नरेन भट्टलाई दुई रनमा विकेटकिपर प्रज्वल थापाबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । नरेन एज लागेर आउट भए । सातौं ओभरको अन्तिम बलमा राहुल भण्डारीलाई गुप्ताले एक रनमा एलबीडब्लू आउट गरे ।

१२ औं ओभरमा मोम्मद हसनले दुई विकेट लिएपछि सुदूर समस्यामा परेको हो । दोस्रो बलमा बसन्त कार्की ७ रनमा बोल्ड आउट भए । दुई बलपछि इन स्वींग बलमा खडक बहादुर बोहरा २१ रनमा एलबीडब्लू आउट भए । दुर्गेशलेनै प्रमुख ब्याटर अर्जुन साउदलाई ९ रनमा एलबीडब्लू आउट भएपछि सुदूर ठूलो समस्यामा छ । क्रिजमा लोकेश बम ५ र नारायण जोशी १ रनमा क्रिजमा छन् । चोभार एण्डबाट दुर्गेश र टियु एण्डबाट हसनले सुदूरपश्चिमको इनिङ धरासय बनाएका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित ५० ओभरमा २ सय १२ रनमा अल आउट भयो । कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । विशालले ६९ बलमा ४ चौका र २ छक्का सहित ५१ रन जोडे । सुदूरपश्चिमका आकाश चन्दले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर शेर मल्लले १० ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.