4 years ago
December 5, 2021
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा भारत विशाल जिततर्फ अघि बढेको छ । तेस्रो दिनको खेल सकिदा भारत खेलमा पूर्ण हाबी छ । ५ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्ड ४५ ओभरमा १४०–५ को अवस्थामा छ ।

न्युजिल्यान्डलाई अझै जितको लागि ४ सय रन आवश्यक छ । तर हातमा पाँच विकेट हुँदा दुई दिनको खेल हुुन बाँकी छ । यो अवस्थामा भारत विशाल जिततर्फ अग्रसर छ । न्युजिल्यान्डका हेनरी निकोलस ८६ बलमा ६ चौकासहित ३६ र रचिन रविन्द्र २ रनमा अविजित छन् । न्युजिल्यान्डका डर्याल मिचेल ९२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६० रनमा आउट भए ।
ओपनर तथा कार्यवाहक कप्तान टम लाथमलाई स्पिनर रविचन्द्रन आश्विनले ६ रनमा एलबीडब्लू आउट गरेका थिए । अर्का ओपनर विल योंक ४१ बलमा ४ चौकासहित २१ रनमा क्याच भए । रस टेलर ६ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले ३ विकेट लिएका छन् ।
भारतले दोस्रो इनिङमा ७० ओभरमा २७६–७ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारतले समग्रमा ५ सय ३९ योगफल तयार पाएको थियो ।
भारतका अक्षर पटेल २६ बलमा ३ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे । ओपनर मयंक अग्रवालले १ सय ८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । चेतेश्वर पुजारा र सुभमन गिल ४७–४७ रनमा आउट भए । विराट कोहली ३६, श्रेयस ऐरले १४ र ऋद्धिमान शाहले १३ रन जोडे । न्युजिल्यान्डका अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा २८.१ ओभरमा ६२ रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान टम लाथम १० र जेम्स निशम १७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान केन विलियम्सन चोटका कारण टोलीमा छैनन् । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भयो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए ।
भारतका ओपनर मयंक अग्रवालले ३ सय ११ बलमा १७ चौका र ४ छक्का सहित सर्वाधिक १ सय ५० रनको योगदान दिए । तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए । ओपनर मयंक अग्रवाल र सुभमन गिलले पहिलो विकेटका लागि २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो । दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । पटेलले श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए । पटेल टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन् ।
यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका जिम लेकरले १०–१० विकेट लिए । कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा १९९९ र लेकरले अष्ट्रेलियाविरुद्ध १९५६ मा म्यानचेस्टरमा उक्त सफलता हात पारेका थिए । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]