default_image

4 years ago

December 6, 2021

न्युजिल्यान्डमाथि भारतको इतिहासकै फराकिलो जित

160 views

0 Bookmark

एजेन्सी – भारतले न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा आफ्नो इतिहासकै सर्वाधिक ठूलो फराकिलो जित निकाल्दै सिरिज जितेको छ । दोस्रो टेस्ट खेलमा भारतले चौथो दिन पहिलो सेसनमा ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई खेलको सिरिज १-० ले जितेको छ ।

५ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्ड ५६.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । यो भारतले आफ्नो टेस्ट इतिहासमै रनको हिसाबमा फराकिलो जित हो । यसअघि भारतको सर्वाधिक ठूलो जित दक्षिण अफ्रिकाविरुद्ध २०१५ मा दिल्लीमा ३ सय ३७ रन थियो ।

न्युजिल्यान्डका डर्याल मिचेल ९२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६० रनमा आउट भए । हेनरी निकोलस १ सय ११ बलमा ८ चौकासहित ४४ र रचिन रविन्द्र १८ रनमा आउट भए । ओपनर तथा कार्यवाहक कप्तान टम लाथमलाई स्पिनर रविचन्द्रन आश्विनले ६ रनमा एलबीडब्लू आउट गरेका थिए । अर्का ओपनर विल योंक ४१ बलमा ४ चौकासहित २१ रनमा क्याच भए । रस टेलर ६ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विन र जयन्त यादवले ४-४ विकेट लिए ।

भारतले दोस्रो इनिङमा ७० ओभरमा २७६–७ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारतले समग्रमा ५ सय ३९ योगफल तयार पारेको थियो ।

भारतका अक्षर पटेल २६ बलमा ३ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे । ओपनर मयंक अग्रवालले १ सय ८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । चेतेश्वर पुजारा र सुभमन गिल ४७–४७ रनमा आउट भए । विराट कोहली ३६, श्रेयस ऐरले १४ र ऋद्धिमान शाहले १३ रन जोडे । न्युजिल्यान्डका अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा २८.१ ओभरमा ६२ रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान टम लाथम १० र जेम्स निशम १७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान केन विलियम्सन चोटका कारण टोलीमा छैनन् । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भयो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए ।

भारतका ओपनर मयंक अग्रवालले ३ सय ११ बलमा १७ चौका र ४ छक्का सहित सर्वाधिक १ सय ५० रनको योगदान दिए । तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए । ओपनर मयंक अग्रवाल र सुभमन गिलले पहिलो विकेटका लागि २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो । दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । पटेलले श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए । पटेल टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन् । पहिलो टेस्ट बराबरीम सकिएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.