4 years ago
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका वसन्त शाही ठकुरी यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । वसन्तको प्रशिक्षकमा नेपाली यू-१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द प्रशिक्षण थाल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वसन्त यू-१९ को मुख्य प्रशिक्षक हुने जनाएका छन् । वसन्तकै प्रशिक्षकमा लुम्बिनी प्रदेशले आइतबार काठमाडौंमा सम्पन्न यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । वसन्तले यू-१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । उनले नेपाली सिनियर टोलीको साहयक तथा यू१६ टोलीको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् ।
वसन्तले नेपालको यू-१६ टोलीलाई दुई अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् । गत चैतमा कतार भ्रमणको लागि क्यानले वसन्तलाई सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । दुर्भाग्य उक्त सिरिज कोरोना कारण हुन सकेन । गत वर्ष आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजमा वसन्त नेपालको सहायक प्रशिक्षक थिए । डिपिएलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् ।
क्यानलाई अन्तर्राष्ट्रिय परिषद् (आइसिसी) ले निलम्बन गरेपछि २०१६ मा जगत टमटाले सिनियर टोलीको जिम्मेवारी बहन गर्दा पूर्व कप्तान विनोद दासले यू(१९ हेरेका थिए । दासको प्रशिक्षकमा नेपालले २०१७ मा एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । गत पुषदेखि दास क्यानको म्यानेजर पदमा नियुक्त भएसँगै यू-१९ टोली प्रशिक्षक विहिन थियो । त्यसपछि यू१९ प्रतियोगितानै नहुँदा प्रशिक्षक विहीन बनेको थियो ।

यू-१९ एसिया कप डिसेम्बर २० देखि सुरु हुने बुझिएको छ । तर क्यान र एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा घोषणा भने गरेको छैन । एसिया कपको लागि नेपालले प्रारम्भिक २० टोली घोषणा गरेको छ । आइतबार सम्पन्न यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका गरेका लुम्बिनी प्रदेशका तीव्र गतिका बलर दुर्गेश गुप्ता भने टोलीमै छैनन् ।
नेपालको प्रारम्भिक यू-१९ टोली :
देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]