default_image

4 years ago

December 7, 2021

प्रधानमन्त्री कपको मिति परिवर्तन

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता मिति परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि प्रधानमन्त्री कप पुरुष प्रतियोगिता पुष १२ देखि २५ सम्म हुने जनाएपनि विभिन्न कारण पुष २५ देखि माघ ७ सम्म हुने भएको छ । प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता मंसिर २७ देखि पुष ७ गतेसम्म आयोजना गर्ने भनेपनि नयाँ मिति पुष ३ देखि ११ मा हुनेछ । महिला टि२० प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रधानमन्त्री कप पुरुष काठमाडौंको टियु र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । सबै जिल्लाहरुले जिल्ला छनोट सुरु गरि सकेका छन् ।

प्रधानमन्त्री कप पुरुषमा ७ प्रदेशसँगै तीन विभागीय टोली हुनेछन् । क्यानले यस संस्करण देखि प्रधानमन्त्री लिगमा गर्ने मनासय बनाएको बुझिएको छ । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा हुँदै आएको छ । प्रधानमन्त्री कप महिलामा भने ७ प्रदेश र एक विभागीय टोली गरि ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

चौथो संस्करणको फाइनलमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । गत वर्ष प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता फाइनलमा प्रदेश १ ले एपिएफलाई ६ रनले हराउँदै उपाधि जितेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.