default_image

4 years ago

December 7, 2021

हिमालयन एकेडेमीलाई बर्दिया प्रिमियर लिगको उपाधि

195 views

0 Bookmark

बर्दिया (हाम्रो खेलकुद) – दोस्रो संस्करणको बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले जितेको छ । मंगलबार फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

गुलरियाको कबर्डहल खेल मैदानमा टस जितेर ब्याटिङ थालेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । हिमालयनका लागि मध्यक्रमका ब्याटर पुरण बि.केले ४४ बलमा ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । आयुष्मान बमले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाए। कप्तान दीपक बोहरा ९ रनमा आउट भए ।

स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । रुपेश बँस्याल र पुरु भटराईले १-१ विकेट लिए । १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको स्टारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । स्टारका कप्तान विशाल खत्रीले ३८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन र नन्दन यादवले ३७ बलमा २९ रनको योगदान दिए ।

खराब सुरुवात गर्नेक्रममा स्टारले पहिलो पावर प्लेमा अर्थात सुरुवाती ६ ओभरमै ३० रन बनाउन प्रमुख चार विकेट गुमाएपछि जित कठिन बनेको थियो । पाँचौं विकेटका लागि नन्दन यादव र कप्तान विशाल खत्रीले ६८ रनको साझेदारी गर्दै खेललाई अन्तिम सम्म लगेका थिए ।हिमालयनका मध्य गतिका बलर कौशल रुपाखेतीले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । दीपक चन्दले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । सागर भण्डारीले २ विकेट लिए

विजेता हिमालयनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता स्टारले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी हिमालयनका आयुष्मान बम भए। हिमालयनलाई उपाधि जिताउन उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा १ सय ५६ रन बनाएका थिए । प्रतियोगिताका उत्कृष्ट बलर नेशनल क्रिकेट एकेडेमीका विशाल पौडेल चुनिए । पौडेलले प्रतियोगिताभर १२ ओभरमा ७४ रन खर्चिएर १० विकेट लिए । स्टारका मनिष थापा प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । मनिषले ५ खेलमा १ सय २९ रन बनाएका थिए । सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गरे । उत्कृष्ट ब्याटर र बलरले ५(५ हजार प्राप्त गरे ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिको थियो । समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ थिए । समूह बी मा धनगढी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी थिए । हरेक समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेलेका थिए ।

प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता थियो । नयाँ शिरा युवा क्लबको आयोजनामा दोस्रो पटक बर्दिया प्रिमियर लिग आयोजना भएको थियो। प्रतियोगिता मुख्य प्रायोजक कृष्णसार रिसोर्ट थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.