default_image

4 years ago

December 7, 2021

टि२० विश्वकप छनोट : नेपाल र आयरल्यान्ड एकै समूहमा

272 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपालले समूह ए मा प्रतिस्पर्धा गर्ने भएको छ ।

टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

ग्लोबल छनोटको समूह बी का खेल जिम्बावेमा हुनेछन् । समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । टि२० ग्लोबल छनोट बी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ ।

ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष २-२ टोली टि२० विश्वकपमा पुग्नेछन् । अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले भने विश्वकपको सुपर १२ मा स्थान पक्का गरेका छन् । आइसिसी टि२० वरीयतामा शीर्ष ८ मा रहेका यी टोली सोझै सुपर १२ मा पुगेका थिए ।

दुई पटकको च्याम्पियन वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले विश्वकपको पहिलो चरणमा स्थान बनाएका छन् । यी टोलीले ग्लोबल छनोटबाट पुगेका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । टि२० विश्वकप २०२२ आगामी अक्टोबर-नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । नेपालले पहिलो तथा एकमात्र विश्वकप २०१४ मा खेलेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.