4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई दिने वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । आइसिसीले २०२२ को लागि क्यानलाई १३ लाख २० हजार डलर पठाएको छ । यसअघि आइसिसीले क्यानलाई वार्षिक ७ लाख ४८ हजार डलर पठाउँदै आएको थियो ।

क्यानले आइसिसीको मापदण्ड पूरा गरेपछि झण्डै दोब्बर वार्षिक वजेट वृद्धि गरेर पठाएको क्यानका कोषाध्यक्ष रोशन सिंहले हाम्रो खेलकुदलाई जानकारी दिए । क्यानले उक्त बजेट प्रतियोगिता आयोजनादेखि तलब प्रदानसम्म प्रयोग गर्नेछ । यो रकम बढी प्रतियोगिता आयोजनामा केन्द्रित हुनेछ । प्रशिक्षकको पारिश्रमिक, खेलाडीको तलब, मैदान, अफिसका कर्माचारी, प्रदेश र जिल्ला प्रशिक्षक लगायत विभिन्नमा खर्च हुनेछ ।
‘हामीले राम्रो कार्यक्रम बनाएर पठाएका थियौं । आइसिसीले भनेको काम गरेका छौं । आर्थिक पार्दशिकता छ । आइसिसी कै मापदण्डमा हामीले खर्च गरेका छौं । कोरोनाको समयमा पनि हामीले राम्रोसँग प्रतियोगिता आयोजना गरेको हुँदा आइसिसीले बजेट बृद्धि गरेर पठाएको हो’, कोषाध्यक्ष सिंहले भने ।
क्यान आर्थिक अनियमिता र राजनीतिक किचलोको कारण सन् २०१६ देखि २०१९ सम्म निलम्बनमा थियो । उक्त रकम भने पूर्ण रुपमा फुकुवा भएपछि मात्र पठाउने बुझिएको छ । क्यानले २०२२ मा २२ करोड बजेट बनाउँदै पठाएको थियो । आइसिसीसँग १८ करोड र चार करोड प्रायोजकबाट भित्र्याउने योजनाका साथ पठाएको थियो ।

क्यानले गत पुषमा दाङमा प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता र माघमा प्रधानमन्त्रीकप पुरुष एकदिवसिय राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै फागुनमा काठमाडौं मेयर कप र चैतमा ललितपुर वुमन्स च्याम्पियन्स टि२० प्रतियोगिता आयोजना गरेको थियो । वैशाखमा क्यानले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गरेको थियो ।
यसै साता यू१९ राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भई सकेको छ । गत पुषमा क्यानले क्रिकेट म्यानेजर, जनरल म्यानेजर र चिफ फाइनन्स अफिसर नियुक्त गरेको थियो । पुषमा मुख्य प्रशिक्षक देभ ह्वाटमोरलाई नियुक्त गरेपनि असोजमा छाडि सकेका छन् । क्यानले अर्को महिना प्रधानमन्त्री कप महिला तथा पुरुष प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । मुख्य प्रशिक्षक नियुक्त अन्तिम चरणमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]