4 years ago
December 8, 2021
एजेन्सी – कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सको पाँच विकेटसँगै एशेज सिरिज अन्तर्गत पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले सानदार प्रदर्शन गरेको छ । द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । वर्षाको कारण पहिलो दिनको खेल यतिकैमा सकिएको छ ।

इंग्ल्यान्डका विकेटकिपर जस बटलरले ५८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । युवा ब्याटर ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन जोडे । अन्य कुनैपनि ब्याटरले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर रोरी बन्र्सलाई बोल्ड आउट गरे ।
तीव्र गतिका बलर जोश हेजलवुडले डेविड मलानलाई ६ रन र कप्तान जो रुटलाई शून्यमा क्याच गराएपछि इंग्ल्यान्ड सुरुवातै संकटमा परेको थियो । प्रमुख ब्याटर रुट शून्यमा आउट भएपछि इंग्ल्यान्ड समालिन सकेन । लामो समयपछि मैदानमा फर्किएका बेन स्टोक्स पाँच रनमा मार्नस लाबुसेनबाट क्याच आउट भए । प्याट कमिन्सको बलमा स्टोक्स क्याच हुन पुगेका थिए ।
स्टोक्स आउट हुँदा इंग्ल्यान्ड १२.४ ओभरमा २९–४ को कमजोर अवस्थामा थियो । हसिब हमिद ७५ बलमा ३ चौकासहित २५ रनमा क्याच आउट भए । कमिन्सको बलमा हमिद स्टिभ स्मिथबाट क्याच आउट भएका थिए । छैटौं विकेटका लागि बटलर र पोपले ५२ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्न खोजेका थिए । तर मिचेल स्टार्कले विकेटकिपर एलेक्स केरीबाट बटलरलाई क्याच गराएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । बटलर आउट भएको दुई ओभर पछि पोप पनि हेजलवुडबाट क्याच आउट हुन पुगे । पोप आउट हुँदा इंग्ल्यान्ड ४३.१ ओभरमा ११८–७ को अवस्थामा थियो ।
क्रिस वोक्स २४ बलमा ४ चौका सहित २१ रनमा आउट भए । ओली रोबिनसन शून्य र मार्क वुड ८ रनमा आउट भए । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १३.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले २–२ विकेट लिए । कमिन्सले पहिलो पटक कप्तानी गरेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]