4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी १३ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।
सन्दीपको चार ओभर
होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।
सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।
सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे ।
१३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ बल डट राखेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]