4 years ago
December 8, 2021
एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको दोस्रो टेस्ट खेलमा आठ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै पाकिस्तानले दुई टेस्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ । सुरुवाती तीन दिन वर्षाले प्रभावित बनेको टेस्टमा पाकिस्तानले चौथो र पाँचौं दिन उत्कृष्ट प्रदर्शनका साथ रोमान्चक जित हात पार्यो ।

पाँचौ दिन बंगलादेश पहिलो इनिङमा ८७ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । पाँचौं दिनको खेल सकिन केहि समय बाँकी रहेको समयमा फलोअनमा परेको बंगलादेश दोस्रो इनिङमा ८४.४ ओभरमा २ सय ५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भएको हो ।
बंगलादेशका सकिब अल हसनले १ सय ३० बलमा ९ चौकासहित ६३ रन बनाउँदै खेल बराबरी नजिक पुर्याएका थिए । तर अन्य ब्याटरले साथ नदिँदा पराजित भएको हो । मुश्फिकुर रहिमले १ सय ३६ बलमा ३ चौका सहित ४८ रन बनाए । लिटन दास ४५ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका लागि डेब्यू खेल खेलेका स्पिनर सजिद खानले ४ विकेट लिँदै जित सहज बनाए ।
पहिलो इनिङमा सजिदले ८ विकेट लिएका थिए । शाहिन शाह अफ्रिदी र हसन अलीले २–२ विकेट लिए । बाबर आजमले १ विकेट लिए ।
दोस्रो इनिङमा बंगलादेश ३२ ओभरमा ८७ रनमा अल आउट भएको थियो । सकिब अल हसनले ३३ र नाज्मुल हसन सान्टोले ३० रन जोडे । डेब्यू खेल खेलेका सजिद खानले १५ ओभरमा ४ मेडन सहित ४२ रन खर्चेर ८ विकेट लिए ।
पाकिस्तानले पहिलो इनिङमा ९८.३ ओभरमा ३००–४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय २६ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । फवाद आलम ९६ बलमा ७ चौकासहित ५० रनमा अविजित रहे ।
मोहम्मद रिजवान ९४ बलमा ४ चौका र १ छक्कासहित ५३ रनम अविजित रहे ।
अजहर अली १ सय ४४ बलमा ८ चौका सहित ५६, अविद अली ३९ र अब्दुल्लाह शफिक २५ रनमा आउट भए । बंगलादेशका ताइजुल ईस्लामले २ विकेट लिए । पहिलो दिन वर्षाको कारण अन्तिम सेसन हुन सकेको थिएन । दोस्रो दिन ६.२ ओभरको खेल भएको थियो । तेस्रो दिन खेलनै हुन सकेको थिएन । पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]