4 years ago
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके फर्किने लगभग निश्चित जस्तै बनेको छ । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई ल्याउने तयारी गरेको छ ।

नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक मानिने पुबुदुको नाम क्यानले सार्वजनिक गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ । क्यानले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन मागेको थियो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिएको थियो ।
क्यानको पहिलो रोजाईमा भारतीय मोन्टी देशाई थिए । तर देशाईसँग सहमति हुन नसकेपछि पुबुदु नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग निश्चित जस्तै बनेको छ । स्रोतका अनुसार बुधबार राती क्यानले पुबुदुलाई मुख्य प्रशिक्षकमा ल्याउने निर्णय गरेको बुझिएको छ ।
क्यानले मोन्टीलाई ल्याउन प्रस्ताव राखेको थियो । मोन्टीसँग पारिश्रमिकसँगै समय नमिलेको बुझिएको छ । मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्ने मनासय बनाएको कारण धेरै समय छुट्टी मागेको बुझिएको छ । मोन्टीले १५ हजार डलर पारिश्रमिक माग राखेका थिए ।

पारिश्रमिकसँगै समयको कुरामा सहमति नमिलेपछि क्यानले दोस्रो रोजाईका पुबुदुलाई ल्याउने निर्णयमा पुगेको बुझिएको छ । अर्कोतर्फ पुबुदु नेपाली खेलाडीसँग राम्रोसँग घुलमिल र जानकार हुँदा पनि उनलाई ल्याउन लागिएको हो । पछिल्लो समय सिनियर टोलीमा रहेको समस्या अन्त्य गर्न पुबुदु उपयुक्त हुने भन्दै क्यानले उनलाई ल्याउने निर्णय गरेको बुझिएको छ ।
श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।
पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]