default_image

2 years ago

December 10, 2021

इंग्ल्यान्डको उत्कृष्ट पूनरागमन

एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट पूनरागमन गर्दै खेलमा कडा प्रतिस्पर्धा दिएको छ । तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ७० ओभरमा २२०–२ को बलियो अवस्थामा छ । पहिलो इनिङमा २ सय ७८ रनले पछि परेको इंग्ल्यान्डले खेलमा उत्कृष्ट पूनरागमन गर्द आशा कायमै राखेको छ । समग्रमा इंग्ल्यान्ड अव ५८ […]

37 views

0 Bookmark

एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट पूनरागमन गर्दै खेलमा कडा प्रतिस्पर्धा दिएको छ । तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ७० ओभरमा २२०–२ को बलियो अवस्थामा छ । पहिलो इनिङमा २ सय ७८ रनले पछि परेको इंग्ल्यान्डले खेलमा उत्कृष्ट पूनरागमन गर्द आशा कायमै राखेको छ । समग्रमा इंग्ल्यान्ड अव ५८ रनले पछि छ ।

इंग्ल्यान्डका कप्तान जो रुट १ सय ५८ बलमा १० चौकासहित ८६ रनमा अविजित छन् । डेविड मलान १ सय ७७ बलमा ८० रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र डेविड ले २ सय ९४ बलमा १ सय ५९ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरे । ओपनर हसिब हमिद २७ र रोरी बन्र्स १३ रनमा आउट भए । ओपनर सस्तैमा आउट भएपनि रुट र मलानले उत्कृष्ट पूनरागमन गराएका हुन् । तीव्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले १–१ विकेट लिए ।

अष्ट्रेलियाले पहिलो इनिङमा तेस्रो दिन पहिलो सेसनमा १०४.३ ओभरमा ४ सय २५ रनमा अल आउट भयो । अष्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेडले १ सय ४८ बलमा १४ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ५२ रन बनाए । हेडले मात्र ८५ बलमा शतक प्रहार गरेका थिए । टेस्ट करिअरको हेडको तेस्रो तथा एशेज सिरिजमा पहिलो शतक हो । एशेज सिरिज इतिहासको तेस्रो छिटो शतकमा पर्दछ । मिचेल स्टार्क ६४ बलमा ५ चौका सहित ३५ रनमा आउट भए ।

ओपनर डेविड वार्नर १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । अष्ट्रेलियाले ओपनर मार्कस हरिसलाई तीन रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले मजबुत ब्याटिङ गरेको थियो । तर मध्यक्रममा सम्माल्लिन सकेन । लाबुसेन स्पिनर ज्याक लेचको बलमा मार्कवुडबाट ७४ रनमा क्याच आउट भए । १ सय १७ बल खेलेका लाबुसेनले ६ चौका र २ छक्का प्रहार गरे ।

मार्क वुडले स्टिभ स्मिथलाई १२ रनमा जस बटलरबाट क्याच गराए । तीव्र गतिका बलर ओली रोविन्सनको स्लो बलमा वार्नर कभरमा बेन स्टोक्सबाट क्याच आउट भएपछि शतक बनाउन ६ रनले चुकेका थिए । लगत्तै अर्को बलमा क्यामरन ग्रिन शून्यमा बोल्ड आउट भए । एलेक्स केरी र प्याट कमिन्स दुबै १२–१२ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोविन्सन र मार्क वुडले ३(३ विकेट लिए । क्रिस वोक्सले २, जो रुट र ज्याक लेचले १–१ विकेट लिए ।

त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । इंग्ल्यान्डका विकेटकिपर जस बटलरले ५८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । युवा ब्याटर ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन जोडे । पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर रोरी बन्र्सलाई बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जोश हेजलवुडले डेविड मलानलाई ६ रन र कप्तान जो रुटलाई शून्यमा क्याच गराएपछि इंग्ल्यान्ड सुरुवातै संकटमा परेको थियो । लामो समयपछि मैदानमा फर्किएका बेन स्टोक्स पाँच रनमा स्लिपमा मार्नस लाबुसेनबाट क्याच आउट भए । प्याट कमिन्सको बलमा स्टोक्स क्याच हुन पुगेका थिए ।

स्टोक्स आउट हुँदा इंग्ल्यान्ड १२।४ ओभरमा २९–४ को कमजोर अवस्थामा थियो । हसिब हमिद ७५ बलमा ३ चौकासहित २५ रनमा क्याच आउट भए । कमिन्सको बलमा हमिद स्टिभ स्मिथबाट क्याच आउट भएका थिए । छैटौं विकेटका लागि बटलर र पोपले ५२ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्न खोजेका थिए ।

तर मिचेल स्टार्कले विकेटकिपर एलेक्स केरीबाट बटलरलाई क्याच गराएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । बटलर आउट भएको दुई ओभर पछि पोप पनि हेजलवुडबाट क्याच आउट हुन पुगे । पोप आउट हुँदा इंग्ल्यान्ड ४३.१ ओभरमा ११८–७ को अवस्थामा थियो ।

क्रिस वोक्स २४ बलमा ४ चौका सहित २१ रनमा आउट भए । ओली रोबिनसन शून्य र मार्क वुड ८ रनमा आउट भए । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १३.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले २–२ विकेट लिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.