default_image

4 years ago

December 11, 2021

एशेज सिरिज : पहिलो खेलमा अष्ट्रेलियाको सहज जित

127 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिजको पहिलो खेलमा इंग्ल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्टको एशेज सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

२० रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एलेक्स केरी ९ रनमा आउट भए । मार्नस हेरिस ९ रनमा अविजित रहे । इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ३ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । पहिलो इनिङमा २ सय ७८ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा १९ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ६५ बलमा १० चौकासहित सर्वाधिक ८९ रन बनाए ।

डेविड मलान १ सय ९५ बलमा १० चौकासहित ८२ रनमा आउट भए । तेस्रो विकेटका लागि मलान र रुटले १ सय ६२ रनको साझेदारी गर्दै खेलमा पनूरागमन गराएका थिए । तर अन्य ब्याटरको साथ नपाउँदा पराजित हुन पुगेको हो । जस बटलर २३, क्रिस वोक्स १६, हसिब हमिद २७ र रोरी बन्र्स १३ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले ४ विकेट लिए । प्याट कमिन्स र क्यामरन ग्रिनले २–२ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले १–१ विकेट लिए ।

अष्ट्रेलियाले पहिलो इनिङमा तेस्रो दिन पहिलो सेसनमा १०४.३ ओभरमा ४ सय २५ रनमा अल आउट भयो । अष्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेडले १ सय ४८ बलमा १४ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ५२ रन बनाए । हेडले मात्र ८५ बलमा शतक प्रहार गरेका थिए । टेस्ट करिअरको हेडको तेस्रो तथा एशेज सिरिजमा पहिलो शतक हो । एशेज सिरिज इतिहासको तेस्रो छिटो शतकमा पर्दछ । मिचेल स्टार्क ६४ बलमा ५ चौका सहित ३५ रनमा आउट भए ।

ओपनर डेविड वार्नर १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । अष्ट्रेलियाले ओपनर मार्कस हरिसलाई तीन रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले मजबुत ब्याटिङ गरेको थियो । तर मध्यक्रममा सम्माल्लिन सकेन । लाबुसेन स्पिनर ज्याक लेचको बलमा मार्कवुडबाट ७४ रनमा क्याच आउट भए । १ सय १७ बल खेलेका लाबुसेनले ६ चौका र २ छक्का प्रहार गरे ।

मार्क वुडले स्टिभ स्मिथलाई १२ रनमा जस बटलरबाट क्याच गराए । तीव्र गतिका बलर ओली रोविन्सनको स्लो बलमा वार्नर कभरमा बेन स्टोक्सबाट क्याच आउट भएपछि शतक बनाउन ६ रनले चुकेका थिए । लगत्तै अर्को बलमा क्यामरन ग्रिन शून्यमा बोल्ड आउट भए । एलेक्स केरी र प्याट कमिन्स दुबै १२–१२ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोविन्सन र मार्क वुडले ३-३ विकेट लिए । क्रिस वोक्सले २, जो रुट र ज्याक लेचले १–१ विकेट लिए ।

त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । इंग्ल्यान्डका विकेटकिपर जस बटलरले ५८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । युवा ब्याटर ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन जोडे । पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर रोरी बन्र्सलाई बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जोश हेजलवुडले डेविड मलानलाई ६ रन र कप्तान जो रुटलाई शून्यमा क्याच गराएपछि इंग्ल्यान्ड सुरुवातै संकटमा परेको थियो । लामो समयपछि मैदानमा फर्किएका बेन स्टोक्स पाँच रनमा स्लिपमा मार्नस लाबुसेनबाट क्याच आउट भए । प्याट कमिन्सको बलमा स्टोक्स क्याच हुन पुगेका थिए ।

स्टोक्स आउट हुँदा इंग्ल्यान्ड १२।४ ओभरमा २९–४ को कमजोर अवस्थामा थियो । हसिब हमिद ७५ बलमा ३ चौकासहित २५ रनमा क्याच आउट भए । कमिन्सको बलमा हमिद स्टिभ स्मिथबाट क्याच आउट भएका थिए । छैटौं विकेटका लागि बटलर र पोपले ५२ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्न खोजेका थिए ।

तर मिचेल स्टार्कले विकेटकिपर एलेक्स केरीबाट बटलरलाई क्याच गराएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । बटलर आउट भएको दुई ओभर पछि पोप पनि हेजलवुडबाट क्याच आउट हुन पुगे । पोप आउट हुँदा इंग्ल्यान्ड ४३।१ ओभरमा ११८–७ को अवस्थामा थियो ।

क्रिस वोक्स २४ बलमा ४ चौका सहित २१ रनमा आउट भए । ओली रोबिनसन शून्य र मार्क वुड ८ रनमा आउट भए । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १३।१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले २–२ विकेट लिए । दोस्रो खेल डिसेम्बर १६ देखि २० सम्म एडिलेड ओभलमा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.