default_image

4 years ago

December 11, 2021

सन्दीप सम्मिलित होबार्टको सिड्नीलाई विशाल लक्ष्य

194 views

0 Bookmark

एजेन्सी – ओपनर तथा कप्तान म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाली लेगस्पिनर सन्दीप सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ को आठौं खेलमा सिड्नी सिक्सर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।
होबार्टका ओपनर म्याथ्यु वेडले ४६ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ९३ रन बनाए । डार्सी शर्ट ५१ बलमा ७ चौका र ३ छक्का सहित ७३ रनमा अविजित रहे ।

म्याथ्यु वेडले १९ बलमै अर्धशतक प्रहार गर्दै आक्रामक सुरुवात दिलाएका थिए । म्याथ्यु र डार्सीले पहिलो विकेटका लागि ११.२ ओभरमा १ सय ११ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सुरुवात दिलाएका थिए । टम करनको बलमा जोर्डन सिल्कबाट क्याच भएपछि म्याथ्यु शतक बनाउन सात रनले चुकेका थिए ।

दोस्रो विकेटका लागि क्लेव ज्वेल र शर्टले ९२ रनको साझेदारी गरेपछि विशाल योगफलमा पुगेको हो । ज्वेल २३ बलमा ६ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । सिड्नीका टम करन र क्रिस जोर्डनले १-१ विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.