default_image

4 years ago

December 11, 2021

ऋतुराजको लगातार तीन उत्कृष्ट शतक

157 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोली तथा चेन्नई सुपर किंग्सका युवा ओपनर ऋतुराज गायकवाडले भारतको चर्चित घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा लगातार तीन उत्कृष्ट शतक प्रहार गरेका छन् ।

लिष्ट ए मान्यता प्राप्त भारतको सर्वाधिक ठूलो एकदिवसिय घरेलु प्रतियोगिता विजय हजारेमा महाराष्ट्रको कप्तानी गर्दै ऋतुराजले लगातार तीन शतक प्रहार गरेका हुन् । ऋतुराजले शनिबार केरलाविरुद्ध १ सय २९ बलमा ९ चौका र ३ छक्कासहित १ सय २४ रनको शतकीय इनिङ खेले । ऋतुराजले यसअघि विहीबार छत्तीसगढविरुद्ध १ सय ४३ बलमा १४ चौका र ५ छक्कासहित १ सय ५४ रनको अविजित इनिङ खेलेका थिए । पहिलो खेलमा मध्यप्रदेशविरुद्ध ऋतुराजले १ सय १२ बलमा १४ चौका र ४ छक्कासहित १ सय ३६ रन बनाएका थिए ।


चेन्नईलाई २०२१ को आइपिएल उपाधि जिताउन ऋतुराजले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । आइपिएल २०२१ मा ऋतुराजले १६ खेलमा १ शतक र ४ अर्धशतक सहित ३ सय ३५ रनका साथ शीर्षस्थानमा थिए । चेन्नईले ऋतुराजलाई ६ करोड भारुमा टोलीमै राखेको छ । ऋतुराजले भारतका लागि दुई टि२० आई खेलेका छन् । गत जुलाईमा श्रीलंकाविरुद्ध भारतीय टोलीबाट डेब्यू गरेका थिए । २४ वर्षिय ऋतुराजलाई भारतीय क्रिकेटको भविष्यको रुपमा हेरिदै आएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.