4 years ago
December 11, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा आफ्नो दोस्रो खेलमा सिड्नी सिक्सर्ससँग विकेट विहिन बनेका छन् । विकेटको राम्रो अवसर बनाएपनि एकै ओभरमा दुई क्याच ड्रप भएपछि सन्दीप विहिन बन्नु परेको हो । होबार्टले सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । वर्षाको कारण दुई ओभर घटेपछि डकवर्थ लेविस पद्धतिको आधारमा उक्त लक्ष्य पाएको थियो ।
सिड्नीका युवा ओपनर जोश फिलिपेले ४६ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन बनाए । मोइजेस हेनरिक्स २६ रनमा अविजित रहे । जेम्श भिन्स २२ बलमा २ चौका सहित २६ रनमा आउट भए । होबार्टका जोएल पेरिसले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले १ विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।होबार्टका ओपनर म्याथ्यु वेडले ४६ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ९३ रन बनाए । डार्सी शर्ट ५१ बलमा ७ चौका र ३ छक्का सहित ७३ रनमा अविजित थिए ।

म्याथ्यु वेडले १९ बलमै अर्धशतक प्रहार गर्दै आक्रामक सुरुवात दिलाएका थिए । म्याथ्यु र डार्सीले पहिलो विकेटका लागि ११.२ ओभरमा १ सय ११ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सुरुवात दिलाएका थिए । टम करनको बलमा जोर्डन सिल्कबाट क्याच भएपछि म्याथ्यु शतक बनाउन सात रनले चुकेका थिए ।
दोस्रो विकेटका लागि क्लेव ज्वेल र शर्टले ९२ रनको साझेदारी गरेपछि विशाल योगफलमा पुगेको हो । ज्वेल २३ बलमा ६ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । सिड्नीका टम करन र क्रिस जोर्डनले १-१ विकेट लिए । होबार्ट पहिलो खेलमा १४ रनले पराजित भएको थियो । होबार्टले तेस्रो खेल मंगलबार पर्थ स्कोचर्ससँग खेल्नेछ ।
सन्दीपको चार ओभर
सन्दीपलाई होबार्टले सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श भिन्सलाई डट राखे । त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन रन खर्चिए । भिन्सले नै चौथो, पाँचौं र छैटौं बलमा दुई दुई रन बटुले । सन्दीपले पहिलो ओभरमा आठ रन खर्चेका थिए ।
सन्दीपले दशौं ओभरमा पाँच रन खर्चिए ।
दुई क्याच ड्रप भएपछि सन्दीप विकेट विहिन बन्नु परेको थियो । दशौं ओभरको पहिलो बलमा सन्दीपको बलमा जोश फिलिपेको डीप मिडविकेटमा क्याच ड्रप भएको थियो । दोस्रो बल मोइजेस हेनरिक्सलाई डट राखे । सन्दीपले एलबीडब्लू अपिल गरेका थिए ।
तेस्रो बलमा कभरमा हनरिक्सको बल पिटर ह्यान्ड्सकम्बले क्याच छाडेपछि सन्दीपको पुन विकेटको अवसर गुमेको थियो । त्यसपछिका सन्दीपले तीन बलमा एक एक रन दिएका थिए । क्याच ड्रप हुँदा फिलिपे ४१ र हेनरिक्स दुई रनमा थिए ।
१३ औं ओभरमा सन्दीपले चार रन खर्चिए । पहिलो बल सन्दीपले फिलिपेलाई डट राखे । दोस्रो र तेस्रो बलमा सन्दीपले एक एक रन दिए । चौथो बलमा डट राख्दै पाँचौं बलमा लेगवाईको रुपमा एक र अन्तिम बल डट राखे ।
१५ औं ओभरमा सन्दीपले नौं रन खर्चिए । हेनरिक्सलाई पहिलो बलमा लेगवाईको रुपमा एक र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक रन खर्चिए । तेस्रो बलमा दुई रन दिए । चौथो बलमा एक रन दिए । पाँचौं बल डट राखे । अन्तिम बलमा क्रिष्टियनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चिएपनि विकेटविहिन बने ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]