default_image

4 years ago

December 12, 2021

पुबुदुलाई मुख्य प्रशिक्षकमा ल्याउनुको पाँच कारण

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गरेको छ । पुबुदुले दोस्रो पटक नेपाली क्रिकेट टोली सम्हाल्नेछन् ।

Pubudu

सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा क्रान्तिकारी परिवर्तन गरेको थियो । पुबुदुको प्रशिक्षणमा नेपालले २०१४ मा ऐतिहासिक टि२० विश्वकप खेलेको थियो । नेपाली क्रिकेटको सर्वाधिक ठूलो सफलता हो । त्यस्तै उनको प्रशिक्षणमा डिभिजन चार र थ्री को उपाधि जितेको थियो ।

पुबुदुले २०१५ को नोभेम्बरमा नेपाली क्रिकेट टोलीको प्रशिक्षक छाडेका थिए । क्यानको आन्तरिक राजनीतिको कारण नेपाल छाडेका थिए ।२०२२ को टि२० विश्वकप पुबुदुको मुख्य चुनौती हुनेछ । २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता अर्को चुनौती हो । गत असोजमा मुख्य प्रशिक्षक देभ ह्वाटमोरले छाडेपछि रिक्त रहँदै आएको थियो ।

यसपटक नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिएका थिए । भारतीय मोन्टी देशाईंको उच्च सम्भावना थियो । आवेदनमा पुबुदु भन्दा ठूला र स्तरिय नाम पनि थिए । अन्तिम समयमा क्यानले सोच परिवर्तन गर्दै पुबुदुलाई ल्याउने निर्णय लिएको हो । क्यानले पुबुदुलाईनै ल्याउनु पछाडिको पाँच कारण यस प्रकार छन् ।

५. दीर्घकालिन सोच

पछिल्ला दुवै प्रशिक्षक एक वर्ष पनि टिकेनन् । भारतीय उमेश पटवाल र अष्ट्रेलिया डेभ ह्वाटमोरले ८–८ महिना काम गरेर छाडे । लगातार प्रशिक्षक परिवर्तन हुँदा खेलाडी नै अन्यौलमा पर्नसक्छन् । तर पुबुदु दीर्घकालिन विकल्प हुन् । पुबुदु नेपाल छाडेर बाहिर जाने सम्भावना कम छ । दुई वर्षदेखि राष्ट्रिय टोली नहेरेका पुबुदुलाई नेपालले दीर्घकालिन योजनाका साथ ल्याएको अनुमान गरिएको छ ।

मोन्टी आएको भए धेरै समय टिक्ने थिएनन् । यसै महिनादेखि वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको समय सकिँदै छ । मोन्टी स्तरिय प्रशिक्षक रहेकाले आउँदा ठूला टोलीबाट अफर आउँदा वित्तिक्कै नेपाल छाडेर जाने पक्का थियो । तर पुबुदुलाई अन्य देशबाट अवसर आउने कम छ ।

४. मोन्टीसँग सहमती नहुनु

क्यानको पहिलो रोजाईमा मोन्टी देशाई पहिलो रोजाईमा थिए । वर्तमान समय वेस्टइन्डिजका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई ल्याउन नेपाल इच्छुक थियो । ब्याटिङ कमजोर हुँदा सुधारको लागि मोन्टी पहिलो रोजाईमा थिए । तर देशाईले इन्डियन प्रिमियर लिग (आइपिएल) मा फ्रेन्चाइज हेर्ने मनासयको कारण धेरै विदा मागेका थिए ।

क्यान धेरै विदा दिन सहमत थिएन । अर्कोतर्फ उनले पारिश्रमिक १५ हजार डलरमाथि माग गरेका थिए । पुबुदुले झण्डै १२ हजार डलरमा जिम्मेवारी सम्हाल्नेछन् । जसले गर्दा पुबुदुलाई ल्याउने निर्णय लिएको हो ।

३. पुबुदुको सफल छवि

नेपाली क्रिकेट इतिहासमा पुबुदु सर्वाधिक सफल प्रशिक्षक हुन् । उनको प्रशिक्षकमा नेपालले २०१४ मा टि२० विश्वकप खेलेको थियो । जुन नेपाली क्रिकेटले हात पारेको सर्वाधिक ठूलो सफलता हो । पुबुदुले आफ्नो प्रशिक्षणमा नेपाली क्रिकेटमा क्रान्तिकारी परिवर्तन ल्याएका थिए । पुबुदुले आफ्नो योजना अनुसार भने काम गर्न पाएका थिएनन् । यस पटक क्यान उनको योजना अनुसार काम गर्ने सोचमा छ । क्यान पुबुदुबाट पहिला जसरीनै सफलता हात पार्न चाहन्छ।

२. नेपाली क्रिकेटबारे राम्रो जानकार

आवेदन दिएका प्रशिक्षकमा नेपाली क्रिकेटबारे पुबुदु सबैभन्दा बढी जानकार प्रशिक्षक थिए । पुबुदु खेलाडी, समर्थक र क्यानका पदाधिकरीसँग क्यान निकै नजिक छन् । नेपाली खेलाडीबारे पुबुदु नजिक हुँदा योजना बनाउन समय हुन्छ । अर्कोतर्फ नयाँ प्रशिक्षक ल्याउँदा खेलाडी र क्रिकेट अवस्था बुझ्नै दुई तीन महिना लाग्न सक्छ ।

नेपालसँग त्यो समय छैन । नेपालले आगमी फेब्रुअरीमा ग्लोबल टि२० छनोट खेल्दैछ । ग्लोबल छनोटको लागि नेपालको तयारी शून्य जस्तै छ । पुबुदु नेपाल आएसँगै नेपाल तीव्र रुपमा काम गर्न चाहन्छ । जसको कारण पुबुदुलाई ल्याउने निर्णय लिएको हो ।

१. टिम एकता कायम

क्यानले पुबुदुलाई ल्याउनुको मुख्य कारण नेपाली क्रिकेट टोलीमा देखिएको गुट उपगुटको अन्त्य हो । पछिल्लो समय यस समस्याले नेपाली क्रिकेट नराम्रोसँग बिग्रिएको छ । सिनियर टोलीकै खेलाडी विभिन्न खेमामा विभाजित छन् । क्रिकेट भनेको नै टिम एकता खेल हो । तर नेपाली क्रिकेटमा त्यो छैन । पछिल्लो समय सिंगापुर, कतार र मलेसिया जस्ता कमजोर देशसँग हार्नुको मुख्य कारण टिम एकताको कमी हो ।

नयाँ प्रशिक्षक ल्याउँदा गुटउपगुट अन्त्य गर्न कठिन पर्छ । त्यसैले नेपाली क्रिकेट राम्रोसँग बुझेको प्रशिक्षक ल्याउन आवश्यक थियो । क्यानको मन नभएपनि पुबुदुनै उत्कृष्ट विकल्प देखेपछि ल्याउने निर्णय लिएको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.