default_image

4 years ago

December 12, 2021

सन्दीप पिएसएल ड्राफ्टमा बिकेनन्

237 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी पिएसएल ड्राफ्ट सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् ।

यदि सन्दीपले प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा दर्ता गराएका थिए । तर प्लाटिनम, डायमन्ड, गोल्डको ड्राफ्ट सकिदा सन्दीपलाई कुनैपनि टोलीले लिन ईच्छा देखाएनन् ।

सुल्तान मुल्तान्सले प्लाटिनमा सिंगापुरका टिम डेविडलाई अनुबन्ध गर्यो । प्लाटिनमा कराँची किंग्सले इंग्ल्यान्डका क्रिस जोर्डन, इस्लामबाद युनाइटेडले न्युजिल्यान्डका कोलिन मुनरो, पेशावार जाल्मीले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाई र क्वेटा ग्याडियटर्सले इंग्ल्यान्डका जेसन रोयलाई अनुबन्ध गरेको छ ।

नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा ९ खेलाडी छन् । विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका छन् । सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब छन् । सिल्भर राउन्ड भने जारी छ ।

हरेक टोलीले समान ३-३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ पाकिस्तानी खेलाडी हुनुपर्ने हुन्छ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । प्लेइङ ११ मा एउटा टोलीले बढिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् ।

सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् । पिएसएल २०२२ आगमी २७ जनवरी देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.