default_image

4 years ago

December 14, 2021

लक्ष्य टि२० विश्वकप : तयारी ५० ओभरको!

217 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२२ अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन आगमी फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट खेल्दैछ । आइसिसी ग्लोबल टि२० छनोट ए मा रहेको नेपालले विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा रहनुपर्छ । तर नेपालले तयारी भने ५० ओभरको प्रतियोगिताबाट गर्दैछ ।

ग्लोबल छनोट नजिकिँदै छ । टि२० राष्ट्रिय प्रतियोगिता नभएर यो समयमा अन्तर्राष्ट्रिय खेलमा नेपाल व्यस्त हुनुपर्ने हो । तर क्यानले यतिबेला आफ्ना सबै जिल्ला र प्रदेशलाई प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता तयारीको निर्देशन दिएको छ । ग्लोबल छनोट खेल्न तीन महिना बाँकी रहँदा नेपालको त्यसलाई लक्षित तयारी देखिँदैन ।

विश्व क्रिकेटमा खेल्ने शैलीमा धेरै परिवर्तन आएको छ । टेस्ट, ओडिआई र टि२० को लागि फरक टोली पाइन्छ । तर नेपालको संरचना, खेल्ने शैली र तयारी एक दशक अघि र अहिलेमा खासै भिन्न छैन । टि२० का सफल खेलाडी ओडिआईमा राम्रो गर्छन् र ओडिआईमा राम्रो गर्ने खेलाडीले टि२० राम्रो खेल्छ भन्ने हुँदैन ।

५० ओभर र टि२० शैली आफैंमा फरक हुन् । ५० ओभरमा ब्याटरलाई कुनैपनि दबाब हुँदैन । धेरै समय लिएर खेल्न सक्छन् । तर टि२० क्रिकेटमा एक बल डटले पनि धेरै फरक पार्छ । एक ओभरमै खेल मोडिन सक्छ । खेलाडी पनि एकै ओभरमा मोड्न सक्ने चाहिन्छ । टि२० क्रिकेट भनेको नै आक्रामक खेल हो ।

सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको नेपालले त्यसपछि उक्त सफलता दोहोराउन सकेको छैन । यस्तै कमजोर तयारी नै असफलताको कारण हो । नेपालमा २०१६ देखि २०१९ सम्म तीन फ्रेन्चाइज लिग लगातार सम्पन्न भए । एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण असोजमा सम्पन्न हुँदा अन्य दुईको अब हुन सक्ने वा नसक्ने टुङ्गो छैन ।

क्यान आइसिसीको निलम्बनमा रहँदा फ्रेन्चाइज लिग निकै फस्टाएका थिए । फ्रेन्चाइज लिगको प्रदर्शनकै आधारमा टोली छानिन्थ्यो । अन्य विकल्प पनि थिएन । क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्दै ती फ्रेन्चाइज लिग आयोजना गर्नुपर्ने हो । तर बिडम्बना ती फ्रेन्चाइज लिग हेरेर रमाउँदै आएका छन् ।

नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता नभएको सात वर्ष बढी भईसक्यो । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता चार संस्करण सफल रुपमा सम्पन्न भएका छन् । टि२० ग्लोबल छनोट अघि टि२० राष्ट्रिय प्रतियोगिता प्रदर्शनको आधारमा बन्द प्रशिक्षण सुरु गर्नु पर्ने हो । वडा, जिल्ला र प्रदेश हुँदै नयाँ खेलाडी पहिचान गरि विश्वकप छनोटको तीव्र तयारीमा लाग्नुपर्ने हो ।

किनभने विश्वकप कुनै सामान्य उपलब्धी होईन । ठूलो उपलब्धीको लागि मिहिनेत र तयारी पनि त्यसै अनुसार चाहिन्छ । ५० ओभरको तयारी गरेर टि२० खेल्न सहज हुँदैन । बरु त्यहि खेललाई टि२० बनाए खेलाडीलाई पनि सहज हुन्छ । राम्रो अभ्यास पनि पाउँछन् । खेलाडीले त्यसै अनुसार रणनीति बनाउन पाउँछन् । टि२० खेल्नको लागि त्यहि शैलीको अभ्यास गर्नुपर्छ ५० ओभरको होईन । यस्तो तयारीले नतिजा सोचे भन्दा धेरै फरक आउन सक्छ ।

प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ सम्म हुनेछ । सबै जिल्लाले प्रधानमन्त्री कपको धमाधम तयारी थालेका छन् । अर्कोतर्फ ग्लोबल टि२० छनोट ए फागुन ३ देखि १३ सम्म सम्म ओमानमा हुने तालिका छ । यो अवस्थामा क्यान ५० ओभरको खेलबाट टि२० खेलाडी छनोट गर्ने तयारीमा छ भन्दा फरक नपर्ला ।

प्रधानमन्त्री कप सकिएपछि क्यानसँग २४ दिन हुनेछ । यो अवधिमा नेपाल बन्द प्रशिक्षण मै व्यस्त रहने छ । प्रधानमन्त्री कप अघि टि२० राष्ट्रिय प्रतियोगिता नगरेको खण्डमा ग्लोबल छनोटको लागि ५० ओभरको शैलीबाट खेलाडी छनोट गर्ने देखिन्छ ।

बलिया प्रतिद्वन्द्वी तर नेपालको कमजोर तयारी

नेपालको अबको सबैभन्दा ठूलो अवसर ग्लोबल टि२० छनोटनै हो । टेस्ट टोली आयरल्यान्ड, युएई र ओमान नेपालका प्रमुख प्रतिद्वन्द्वी हुन् । आयरल्यान्ड नेपाल भन्दा धेरै माथिको टोली हो । ओमान नेपालमाथि लगातार हाबी हुँदै आएको छ । ओमानको स्तरपनि माथि देखिन्छ । युएई र नेपाल एउटै स्तरका टोली हुन् ।

यी तीन मध्य दुई देशलाईपछि पार्न सकेमात्र नेपाल विश्वकपमा पुग्नेछ । नेपालको तयारी सायद भने फिलिपिन्स र जर्मनीको भन्दा कमजोर हुनेछ । बरु खेलाडी र क्यानबीच स्पष्टीकरणको जुहारी चलेको छ ।

सम्झौता भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने चर्चा

अर्को साता मुख्य प्रशिक्षक पुबुदु दसानायके नेपाल आईपुग्ने छन् । केन्द्रिय सम्झौतामा रहेका १८ खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने चर्चा छ । खेलाडी बन्द प्रशिक्षणमा बोलाउनु नेपाली क्रिकेटकै बेइज्जत जस्तै हो । साँच्चै नेपाली क्रिकेटमा १८ भन्दा बढी खेलाडी छैनन् ? होईन क्यानलाई धेरै खेलाडी बोलाउँदा खर्च धेरै हुने चिन्ता छ । अहिलेको अवस्थामा ३०-४० जना खेलाडीलाई बोलाएर सिनियर टोलीको बन्द प्रशिक्षण सुरु गर्नुपर्ने थियो ।

उच्च प्रतिस्पर्धाको लागि पहिला एकै भूमिका धेरै विकल्प हुनुपर्छ । एक टोलीमा १५ खेलाडी हुन्छन् । बाँकी तीन खेलाडीमा प्रतिस्पर्धा के हुन्छ ? । घोषणा नहुँदै खेलाडी को पर्ने र नपर्ने थाहा भएपछि नतिजा कस्तो आउला आफैं अनुमान गर्न सकिन्छ । पछिल्लो समय कतार, सिंगापुर र मलेसियासँग हार्नुको मुख्य कारणमा यो पर्छ ।

अब कम्तिमा ३०–४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने बातावरण बनाउनु पर्छ । पैसाको चिन्ता गर्नु हुँदैन । नेपालले विश्वकप खेल्न सक्यो भने क्यानले सोचे भन्दा बढी आर्थिक सहयोग पाउन सक्छ । त्यो आइसिसी होस् वा प्रायोजक । सम्झौतामा रहेका कतिपय खेलाडी टि२० उपयोगी छैनन् । एक वर्ष र अहिलेको लयपनि फरक पार्छ । क्यानले उत्कृष्ट लय र टि२० विशेष खेलाडी छनोट गर्दै टिम निर्माण गर्नुपर्ने हो । तर क्यानको सोच १८ खेलाडीबाट माथि उठ्न सकेको छैन ।

खेलाडी तयारमा पनि छैन ध्यान

सपना टि२० विश्वकप खेल्ने हो तर कसरी ? क्यानलाई नै थाहा छैन । ग्लोबल छनोटमा सहभागि भएर मात्र पक्कै विश्वकपमा पुगिदैन । टोलीको कुन कमजोरी र पक्ष सुधार गर्नुपर्ने हो, टिममा कुन भूमिका बढी आवश्यक छ, कुन खेलाडीलाई कहाँ प्रयोग गर्ने, नयाँ खेलाडीलाई जोखिम लिने वा नलिने केहि योजना छैन । विश्वकप कथा हो । सुनाउने र मनोरञ्जन प्रदान गर्ने काम नेपाली क्रिकेटमा भएको छ ।

उदाहरणलाई सौरभ खनाल नेपाली घरेलु क्रिकेटकै सर्वाधिक आक्राक ब्याटर मध्यका एक हुन् । विश्वकप सपना सौरभ जस्ता खेलाडीले नै पूरा गर्न सक्छन् । तर उनलाई तयार पार्ने कसैले ध्यान दिएन । पछिल्लो समय घरेलु क्रिकेटमा थुप्रै युवा खेलाडीले टि२० क्रिकेटमा नयाँ आशा र सम्भावना देखाएका छन् । तर प्रतिभालाई निखार ल्याउन अन्तर्राष्ट्रिय अनुभव दिनुपर्ने हो । जसले राम्रो नतिजा दिन सक्छन् ।

युवा जोश र जाँगरले नै विश्वकप सपना साकार हुन्छ । केहि युवा ब्याटर र बलरलाई केहि समयको लागि राम्रो एकेडेमीमा विदेश पठाउनु पर्ने हो । क्यानले विभिन्न बोर्डसँग सहमति गरेर यो काम सजिलै गर्न सक्थ्यो । तर क्यानमा यस्ता व्यक्तिको अभाव देखिन्छ ।

जब भयो राती तब बुढी ताती

नेपाली समाजमा एउटा उखान छ, जव भयो राती तब बुढी ताती । क्यानेको काम गर्ने शैली पनि ठ्याक्कै त्यस्तै छ । टि२० ग्लोबल छनोट बारे राम्रोसँग थाहा थियो । तर कुनै ध्यान दिएन । प्रतियोगिता गर्न नसक्नुमा क्यानले आर्थिक अवस्था कमजोरी मुख्य कारण हो । आर्थिक अवस्था देखाएर खेलाडी र नेपाली क्रिकेटको भविष्यमाथि खेलवाड पाइन्छ र ? त्यो त क्यान पदाधिकारी र कर्माचारीको कमजोरी हो ।

आर्थिक रुपमा आइसिसीसँग मात्र निर्भर हुनु हुँदैन । प्रायोजनबाट भित्र्याउनु पर्छ । फ्रेन्चाइज टोलीले करोडका प्रायोजक पाउँदा क्यानले किन त्यो लगानी भित्र्याउन सक्दैन ? त्यसको लागि क्यानले जनरल म्यानेजर र क्रिकेट म्यानेजरलाई एक वर्ष अघिनै नियुक्त गरेको थियो । मोटो पारिश्रमिक लिदै आएका छन् । तर नतिजा अपेक्षा अनुसार छैन ।

टि२० राष्ट्रिय प्रतियोगिता गर्न नसक्नु कमजोरी क्यानको हो । एनपिएल आयोजना गर्नुपर्ने क्यान पदाधिकारी र कर्माचारीलाई इपिएल स्टेजमा मस्त भएर बस्न र फोटो खिज्न थोरै त लाज लाग्नुपर्ने हो ।

क्यानको क्रिकेट म्यानेजरमा विनोद दास छन् । पूर्व कप्तान तथा झण्डै एक दशक खेलाडीको रुपमा बिताएका विनोदले टि२० ग्लोबल छनोट अघि टि२० राष्ट्रिय प्रतियोगिता महत्व बुझ्न सक्दैनन् भने अन्यबाट धेरै आशा गर्नु अचित पनि नहोला ।

अझपनि क्यानसँग तीन महिना समय छ । तयारी धेरै ढिलो भएको छ । क्यानले टि२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अव भने ढिलो गर्नु हुँदैन । अहिलेको समयमा एकदिवसिय प्रधानमन्त्री कप भन्दा पनि टि२० राष्ट्रिय प्रतियोगिता बढी आवश्यक देखिन्छ । क्यानले प्रधानमन्त्री कपलाई केहि पछि सार्दै टि२० राष्ट्रिय प्रतियोगिता चाँहे र गम्भीर भएमा गर्न सक्छ ।

तर अब पनि गरेन भने त्यसको नतिजा ग्लोबल छनोटमा देखिने नै छ । त्यो समय पछुताउनु बाहेक अन्य विकल्प हुनेछैन । विश्वकप गुम्दा क्यान पदाधिकारी र कर्माचारीलाई फरक नपर्ला तर नेपाली क्रिकेटले भने ठूलो मूल्य चुकाउँदै एक दशक पछि धकेलिने निश्चित छ । समयमै टि२० राष्ट्रिय प्रतियोगिता बारे गम्भीर भएर सोच्न आवश्यक देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.