default_image

4 years ago

December 13, 2021

रोहितले दक्षिण अफ्रिकासँग टेस्ट सिरिज गुमाउने

150 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा उपकप्तान रोहित शर्माले चोटका कारण दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज गुमाउने भएका छन् । रोहितको स्थानमा दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय ए टोलीका कप्तान प्रियांक पञ्चालले लिने भएका छन् ।

पञ्चालले दक्षिण अफ्रिका ए टोलीसँग राम्रो प्रभाव छाडेका थिए । ३१ वर्षिय पञ्चालले एक सय प्रथम श्रेणी खेलमा २४ शतक र २५ अर्धशतक सहित ७ हजार ११ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ३ सय १४ रन अविजित छ । रोहितले गुमाउने भएपछि भारतले उपकप्तान घोषणा गर्ने छ । अजिंक्या रहाणेलाई हटाउँदै भारतले रोहितलाई उपकप्तानको जिम्मेवारी दिएको थियो । टेस्टको उपकप्तानमा ऋषभ पन्त वा श्रेयस ऐरको सम्भावना छ । रोहितले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिज भने खेल्ने सम्भावना छ ।

भारतले टि२० आई र ओडिआईमा रोहितलाई कप्तानीको जिम्मेवारी दिई सकेको छ । रोहितको कप्तानीमा दक्षिण अफ्रिकासँग ओडिआई सिरिज खेल्ने टोली घोषणा गर्ने अनुमान गरिएको छ । रोहित उपलब्ध नभएमा उपकप्तान लोकेश राहुलले भारतको ओडिआई टोलीको नेतृत्व गर्नेछन् ।

दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतको टेस्ट टोली : विराट कोहली (कप्तान), प्रियांक पञ्चाल , लोकेश राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, श्रेयस ऐर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, जयन्त यादव, ईशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज ।

भारतके दक्षिण अफ्रिकासँग तीन टेस्ट खेल तालिका


पहिलो टेस्ट – डिसेम्बर २६-३०, सुपर स्पोर्ट्स पार्क


दोस्रो टेस्ट – जनवरी ३-७, जोहानेसबर्ग


तेस्रो टेस्ट – जनवरी ११-१५, केप टाउन


तीन ओडिआई सिरिज


पहिलो ओडिआई, १९ जनवरी : बोल्यान्ड पार्क

दोस्रो ओडिआई, २१ जनवरी : बोल्यान्ड पार्क


तेस्रो ओडिआई, २३ जनवरी : केप टाउन

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.