default_image

4 years ago

December 14, 2021

पर्थविरुद्ध सन्दीपको मध्यम प्रदर्शन, मार्शको शतक

206 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्सविरुद्ध मध्यम प्रदर्शन गरेका छन् । सन्दीपले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिनएपनि त्यसपछि उक्त सफलता दोहोराउन सकेनन् । पर्थले होबार्ट हरिकेन्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । पर्थका मिचेल मार्श ६० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले । मार्शले ६० बलमा शतक प्रहार गरेका थिए । मार्शले २० औं ओभरको पाँचौं बलमा एक रन बटुल्दै शतक पूरा गरे । अघिल्लो महिना अष्ट्रेलियालाई टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मार्शले त्यहिँ लयलाई निरन्तरता दिँदै शतक पूरा गरेका हुन् । लाहिरु इभान्सले २४ बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

होबार्टका नाथन एलिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोइल पेरिस र स्कट बोल्यान्डले एक एक विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।


सन्दीपको चार ओभर

होबार्टले सन्दीपलाई छैटौं ओभरमै बलिङमा ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो बलमै जोश इंग्लिसलाई क्लेव ज्वेलबाट दुई रनमा क्याच गराउँदै विकेट हात पारेका थिए । दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा सन्दीपले मिचेल मार्श र एश्टन टर्नरलाई एक एक रन खर्चे ।

आठौं ओभरमा सन्दीपले १० रन खर्चिए । पहिलो र दोस्रो बलमा सन्दीपले एक रन दिए । तेस्रो बल एस्टन टर्नरलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा मार्शले एक रन दिँदै स्ट्राइक टर्नरलाई दिएका थिए । टर्नरले अन्तिम बलमा ओभर मिड विकेटमा छक्का प्रहार गरे ।

१३ औं ओभरमा सन्दीपले ११ रन खर्चिए । पहिलो बलमा मार्श र दोस्रो बलमा लाहिरु इभान्सलाई एक एक रन दिए । तेस्रो बल मार्शलाई डट राखेपनि चौथो बलमा सन्दीपले चौका खाएका थिए । पाँचौं बलमा एक र अन्तिम बलमा चौका प्रहार गरेपछि केहि महँगो सावित भएका थिए ।
१६ औं ओभरमा सन्दीपले सात रन खर्चिए ।

पहिलो बलमै मार्शले सन्दीपलाई सन्दीपलाई चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा सन्दीपले एक एक रन खर्चिए । चौथो र पाँचौं बलमा मार्शलाई डट राखे । अन्तिम बलमा सन्दीपले एक रन खर्चिदै आफ्नो स्पेल सकाए । यसअघि सन्दीपले सिड्नी सिक्सर्ससँग पहिलो खेलमा एक विकेट र दोस्रो खेलमा विहीन बनेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.