4 years ago
December 14, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्ससँग ५३ रनले रनले पराजित भएको छ ।

१ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा १ सय २९ रनमा अल आउट भयो । होबार्टको लागि बेन म्याकडेरमोटले २९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । टिम डेविडले १० बलमा १ चौका र १ छक्कासहित १७ रन जोडे । सन्दीप लामिछानेले ९ बलमा १ छक्कसहित १३ रनमा अविजित रहे । डार्सी शर्ट २९ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा क्याच आउट हुन पुगे ।
१५ औं ओभरको अन्तिम बलमा टिम डेविड क्याच आउट भएपछि सन्दीप ब्याटिङको लागि क्रिजमा आएका थिए । सन्दीपले १९ औं ओभरको पहिलो बलमा एश्टन टर्नरलाई डिम मिडविकेटमा छक्का प्रहार गरेका थिए । पर्थका टाइमल मिल्सले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । एश्टन अगर र एन्ड्रयु टाईले २–२ विकेट लिए । जेसन बेहरनडोर्फ र एश्टन टर्नरले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । पर्थका मिचेल मार्श ६० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले ।
मार्शले ६० बलमा शतक प्रहार गरेका थिए । मार्शले २० औं ओभरको पाँचौं बलमा एक रन बटुल्दै शतक पूरा गरे । अघिल्लो महिना अष्ट्रेलियालाई टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मार्शले त्यहिँ लयलाई निरन्तरता दिँदै शतक पूरा गरेका हुन् । लाहिरु इभान्सले २४ बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
होबार्टका नाथन एलिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोइल पेरिस र स्कट बोल्यान्डले एक एक विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
सन्दीपको चार ओभर
होबार्टले सन्दीपलाई छैटौं ओभरमै बलिङमा ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो बलमै जोश इंग्लिसलाई क्लेव ज्वेलबाट दुई रनमा क्याच गराउँदै विकेट हात पारेका थिए । दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा सन्दीपले मिचेल मार्श र एश्टन टर्नरलाई एक एक रन खर्चे ।
आठौं ओभरमा सन्दीपले १० रन खर्चिए । पहिलो र दोस्रो बलमा सन्दीपले एक रन दिए । तेस्रो बल एस्टन टर्नरलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा मार्शले एक रन दिँदै स्ट्राइक टर्नरलाई दिएका थिए । टर्नरले अन्तिम बलमा ओभर मिड विकेटमा छक्का प्रहार गरे ।
१३ औं ओभरमा सन्दीपले ११ रन खर्चिए । पहिलो बलमा मार्श र दोस्रो बलमा लाहिरु इभान्सलाई एक एक रन दिए । तेस्रो बल मार्शलाई डट राखेपनि चौथो बलमा सन्दीपले चौका खाएका थिए । पाँचौं बलमा एक र अन्तिम बलमा चौका प्रहार गरेपछि केहि महँगो सावित भएका थिए ।
१६ औं ओभरमा सन्दीपले सात रन खर्चिए ।
पहिलो बलमै मार्शले सन्दीपलाई सन्दीपलाई चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा सन्दीपले एक एक रन खर्चिए । चौथो र पाँचौं बलमा मार्शलाई डट राखे । अन्तिम बलमा सन्दीपले एक रन खर्चिदै आफ्नो स्पेल सकाए । यसअघि सन्दीपले सिड्नी सिक्सर्ससँग पहिलो खेलमा एक विकेट र दोस्रो खेलमा विहीन बनेका थिए । होबार्टले अव २० डिसेम्बरमा पर्थसँगनै खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]