default_image

4 years ago

December 14, 2021

यू-१९ एसिया कप : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपको पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । दुई सातापछि युएईमा हुने यू-१९ एसिया कपको खेल तालिका र समूह विभाजन एसिसीले सार्वजनिक गरेको छ । यद्ययी अनौपचारिक रुपमा यस अघिनै बाहिरि सकेको थियो ।

समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म ) युएईमा चल्नेछ ।

नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।

दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।

सबै टोली पुष ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुष ६ मा क्वारेनटाइन र पुष ७ मा अभ्यास हुनेछ । नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले अन्तिम टोली घोषणा गर्ने तयारी गरेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.