4 years ago
December 15, 2021
एजेन्सी – घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजसँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० आई खेलमा पाकिस्तानले वेस्टइन्डिजमाथि ९ रनको रामोन्चक जित हात पार्दै सिरिज जितेको हो ।

कराँचीमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । पाकिस्तानका शादब खानले उत्कृष्ट अन्त्य गर्नेक्रममा १२ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा अविजित रहे । ओपनर मोहम्मद रिजवान ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । हैदर अली ३४ बलमा ४ चौका प्रहार गर्दै ३१ रनमा आउट भए ।
इफ्तिखर अहमद १९ बलमा १ चौका र २ छक्कासहित ३२, आसिफ अली ९, बाबर आजम ७ र फखार जमान १० रनमा आउट भए ।
वेस्टइन्डिजका ओडेन स्मिथले सर्वाधिक २ विकेट लिए । अकिल हसन, ओशान थोमस, रोमारियो शेफर्ड र हेडन वाल्श जुनियरले १–१ विकेट लिए ।
१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा १ सय ६३ रनमा अल आउट भयो । वेस्टइन्डिजका युवा ओपनर ब्रेन्डन किंगले ४३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । रोमारियो शेफर्ड १९ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे । निकोलस पुरन २६ र ओडेन स्मिथ १२ रनमा आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुनियर, मोहम्मद जुनियर र हरिस रौफले २–२ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६३ रनले विजयी भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]