default_image

4 years ago

December 15, 2021

ज्ञानेन्द्र र दीपेन्द्रलाई पदमुक्त गर्दै सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानी

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । क्यानले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको हो ।

। बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को केन्द्रिय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णय लिएको छ । ज्ञानेन्द्र २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले प्रर्दशन अन्तर्राष्ट्रिय क्रिकेटमा औसत रहँदै आएको थियो ।

क्यानको अनुशासन उल्ङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उल्उल्ङ्घन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको हो ।

सन्दीप नेपालका १० औं कप्तान हुन् । सन्दीपले नेपाली यू१९ टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरि सकेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निरन्तर खेल्दै आएका छन् । सन्दीपले इन्डियन प्रिमियर लिग(आइपिएल) देखि बिग ब्यास लिग सम्म खेलि सकेका छन् ।

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल र कमलले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो । ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोले । सोमपालले आफू बी मा हुँदा अन्यायपूर्ण रहेको बताए । सी मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए । ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो ।

खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए । त्यसपछि विवाद झन बढ्दै गएको थियो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । अन्तिममा क्यानले पदमुक्त गर्ने निर्णय लिएको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.