4 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गर्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय विरुद्ध ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट दिएका छन् ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । सँगसँगै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, कमल र सोमपाललाई क्यानले २०२२ को सुरुवाती ६ महिना केन्द्रिय ग्रेड सम्झौतामा नराख्ने पनि निर्णय लियो ।
बुधबार भर्चुअल माध्यमबाट बोर्ड बैठक भएको थियो । बैठकमा उपस्थित मध्यबाट ६ बोर्ड सदस्यले खेलाडीलाई कारबाही गर्ने कार्यमा असहमति जनाएका छन् । केन्द्रिय सदस्य छुम्बी लामा, करण महतरा क्षेत्री, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम र अमित वीर पाण्डेले नोट अफ डिसेन्ट जनाएका हुन् ।
केन्द्रिय सदस्य छुम्बी लामाले नेपाली क्रिकेटका लागि यो कालो दिन भएको बताए । ‘क्यानले आज बैठक राखेको थियो । विना एजेन्डा राखिएको थियो । खेलाडीलाई कारबाही गर्ने पहिलो प्रस्ताव हामीले सहि भएन भनेका थियौं,’ लामाले हाम्रो खेलकुदसँग भने, ‘पहिला एजेन्डाहरु आउनुपर्छ त्यसमा छलफल हुनुपर्छ । कारबाही निकास होईन । हामीले आगमी दिनमा महत्वपूर्ण प्रतियोगिता खेल्दैछौं । भर्खरै पुबुदु दसानायिकलेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेका छौं ।’
‘कारबाही नेपाली क्रिकेटको निकास होईन । खेलाडीले पनि त्यति नराम्रो बोले जस्तो हामीलाई लाग्दैन । ग्रेडमा आफू अपमान भएको कुरा कुनै मिडियामा बोलेको हो त्यो त क्यानको विरुद्ध बोले जस्तो लाग्दैन । बोलेको हो भनेपनि यो स्तरको कारबाही गर्न आवश्यक पनि छैन’, उनले भने ।
‘हामीले सोच्दै नसोचेको कारबाही उहाँहरुले ल्याउनुभयो । हामीले ओडिआई मान्यतालाई निरन्तरता र विश्वकप खेल्ने सोचेका थियौं । यो क्यानको निर्णय नेपाली क्रिकेटको लागि कालो दिन हो । तर उहाँहरु बहमतको आधारमा जानु भयो । त्यो नेपाली क्रिकेटको लागि राम्रो होईन,’ उनले भने ।
‘अब भोली मिडियाले कुनैपनि खेलाडीसँग अन्तरवार्ता लिन पाउँदैन । त्यसले गर्दा लोकतान्त्रिक प्रक्रियामा सबैजनाले बोल्न पाउनुपर्छ । यो कारबाहीले नेपाली क्रिकेटको विकास गर्न सक्दैन । नेपाली क्रिकेटलाई नयाँ विरासतमा लान्छ । उहाँहरुको कारबाहीले अप्रत्यक्ष रुपमा क्रिकेट नखेल भनेको हो,’ लामाले टुंग्याए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]