default_image

4 years ago

December 17, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको कीर्तिमानी जित

157 views

0 Bookmark

एजेन्सी – ओपनर बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजसँगको तेस्रो टि२० आई खेलमा ७ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले क्लिनस्विप गरेको छ ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि टि२० आईमा सर्वाधिक ठूलो लक्ष्य यसै वर्ष दक्षिण अफ्रिकाविरुद्ध २ सय ५ रन थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान ४५ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । योसँगै रिजवान एकै वर्षमा २ हजार टि२० रन बनाउने पहिलो खेलाडी बनेका छन् । कप्तान बाबर आजमले ५३ बलमा ९ चौका र २ छक्कासहित ७९ रन बनाए ।

पहिलो विकेटका लागि बाबर र रिजवानले १५.१ ओभरमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । बाबर र रिजवानले छैटौं पटक टि२० आईमा साझेदारी गरेका हुन् । जुन कुनैपनि जोडीले टि२० आईमा गरेको सर्वाधिक शतकीय साझेदारी हो । आसिफ अली ७ बलमा २ चौका र २ छक्कासहित २१ रनको योगदान दिए ।

त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । कप्तान निकोलस पुरनले ३७ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । ओपनर ब्रेन्डन किंग २१ बलमा ७ चौका र २ छक्कासहित ४३ रनको आक्रामक सुरुवात दिलाएका थिए ।

शम्राह ब्रुक्सले ३१ बलमा २ चौका र ४ छक्कासहित ४९ रन बनाए । डरेन ब्राभो २७ बलमा ३ चौकासहित ३४ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मद वासिम जुनियरले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । शाहनवाज दाहानीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । २०२१ मा पाकिस्तानको टि२० आई मा यो २० औं जित हो ।

जुन कुनैपनि टोलीले एकै वर्ष हात पारेको सर्वाधिक धेरै जित हो । पाकिस्तान पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ९ रनले विजयी भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.