4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेटरलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार ज्ञानेन्द्रले सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कमल सिंह ऐरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

बुधबार क्यान बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । यी दुई क्रिकेटरसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना गे्रडमै नराख्ने पनि जनाएको थियो ।
‘क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र हामी ७–८ जना खेलाडी भएर ग्रेडको विषयमा हाम्रो छलफल भएको थियो । वहाँहरुले ग्रेडिङको मापदण्ड देखि लिएर सबैको पत्रचार गर्छौ भन्नु भएको थियो । हामी त्यहि आशामा बसेका थियौं । यो निर्णयलाई पुनर्विचार गरियोस्’, पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भने ।
‘हामी क्रिकेट रोक्ने पक्षमा होईन । समाधान गरेर जाने भन्ने हो । क्यान र हामी एउटै परिवार हो । यसलाई बल्झाउन भन्दापनि महत्वपूर्ण प्रतियोगिताहरु आइरहेको छ । यसलाई अगाडि बढाएर निकास निकालोस भन्ने नै हो । जतिसक्यो छिटो संवादमा आएर यसलाई हल गर्नतर्फ अघि बढोस् । पुन विचारको लागि आग्रह गरिरहेका छौं’, ज्ञानेन्द्रले भने ।
ज्ञानेन्द्रलाई टोलीमा गुट बनाएको आरोप क्यानले लगाउँदै आएको छ । ‘मलाई कप्तानी जिम्मेवारी दिएपछि गुट बनाउने भन्ने हुँदैन । मैले समग्र खेलाडीको नेतृत्व गर्ने हो । गुटउपगुट बारे मलाई जानकारी छैन’, उनले भने ।
‘हामी संवादको लागि तयार छौं । निर्णय पुनर्विचार गरियोस् । ग्रेडमा ढिलो भएर पनि जहिले पनि धेरै कुराहरु आइरहेको छ । हामीले चाहेको सबैलाई समेटेर लगोस् भन्ने हो । ग्रेडिङको विषय हामीलाई बुझाइएको छैन । सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि कुनैपनि मापदण्ड बारे भनिएको छैन । छलफलमा पनि हामीले मापदण्डको इमेल गर्न भनेका थियौं’, ज्ञानेन्द्रले भने ।
त्यसमा उनले थपे, ‘गलत गरेको भए माफी माग्ने भन्ने हुन्छ । हामीले कुनैपनि खेलाडीको हकहितको लागिको कुरा गर्दा अनुशासन तोड्यौं भन्दा मलाई लाग्छ त्यो राम्रो होईन ।’
तपाईंहरुको मागमा पून विचार नगरेर सम्म क्रिकेट नखेल्ने भन्ने नै हो त भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘खेल्दैनौं भन्ने होईन । सुरुमा वर्गिकरण सच्याउनुहोस र कारबाहीको विषयमा पुनर्विचार होस् भन्ने हो । क्यानले पुनर्विचार गरेन भने त्यसबेला हाम्रो निर्णय गरौंला’।
‘हामीले अहिले पनि चाहन्छौं नेपाली क्रिकेटमा देखिएका सबै समस्याको हल गरौं । क्यानले यसका लागि अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुभाग्यपूर्ण अवस्था नबनोस्’, चार खेलाडीले विज्ञप्तिमा भनेका छन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]