default_image

4 years ago

December 17, 2021

अष्ट्रेलियाको मजबुत प्रदर्शन

204 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको शतक, डेविड वार्नर स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा मजबुत प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा सम्म घरेलु टोली अष्ट्रेलिया खेलमा हाबी बनेको छ ।

एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०.४ ओभरमा ४७३–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाका मार्नस लाबुसेनले ३ सय ५ बलमा ८ चौकासहित सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले ।

लाबुसेनको टेस्ट करिअरको छैटौं शतक हो । डेविड वार्नर १ सय ६७ बलमा ११ चौका सहित ९५ रनमा आउट भए । कप्तान स्टिभ स्मिथले २ सय १ बलमा १२ चौका र १ छक्कासहित ९३ रनको योगदान दिए । ओपनर मार्नस हरिस तीन रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि लाबुसेन र वार्नरले १ सय ७२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । बेन स्टोक्सको बलमा स्टुअर्ट ब्रोडबाट क्याच भएपछि वार्नर शतक बनाउन पाँच रनले चुकेका थिए ।

लाबुसेनलाई ओली रोविन्सनले एलबीडब्लू आउट गरेका थिए । जेम्श एन्डरसनले एलबीडब्लू आउट गरेपछि स्मिथ शतक बनाउन सात रनले चुकेका थिए । विकेटकिपर एलेक्स केरीले १ सय ७ बलमा ५ चौका प्रहार गर्दै ५१ रनमा आउट भए । मिचेल स्टार्क ३९ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहे । तल्लोक्रमका बलर माइकल नेसरले डेब्यू खेलमा २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनमा आउट भए ।
इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक तीन विकेट लिए । जेम्श एन्डरसनले दुई, स्टुअर्ट ब्रोड, क्रिस वोक्स, ओली रोविन्सन र जो रुटले एक एक विकेट लिए ।

पहिलो इनिङमा इंग्ल्यान्ड ८.४ ओभरमा १७–२ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । इंग्ल्यान्ड ४ सय ५६ रनले पछि छ । कप्तान जो रुट ५ र डेविड मलान एक रनमा अविजित छन् । ओपनर हसिब हमिद ६ र रोरी बन्स ४ रनमा आउट भए । अष्ट्रेलियाका माइकल नेसर र मिचेल स्टार्कले एक एक विकेट लिएका छन् । पाँच टेस्टको एशेज सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.