default_image

4 years ago

December 18, 2021

नेतादेखि अभिनेतासम्मलाई क्रिकेट विवादमा चासो

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै कारबाही गरेपछि क्रिकेट वृत्तमा नयाँ तरङ्ग आएको छ ।

क्यानको बुधबार बोर्ड बैठकले २०२१ को केन्द्रिय ग्रेड सम्झौता अन्तिम ६ महिनाबारे असहमती जनाउँदै मिडियामा गएर बोलेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तान बनाएको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने जनाएको थियो । त्यसपछि नेपाली क्रिकेटमा नयाँ तरङ्ग आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई फोन मार्फत विवाद बारे सोधेका थिए । खेलाडीलाई कारबाही गर्ने निर्णयमा पूनर्विचार गर्न आग्रह गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि खेलाडी विवाद बारे चासो राखेको बुझिएको छ । प्रचण्डकै आग्रहमा प्रधानमन्त्रीले क्यान अध्यक्षलाई फोन गरेको बुझिएको छ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीसँग राजनीति नगर्न आग्रह गरेका छन् । त्यस्तै अभिनेता दयाहाङ राईले पनि खेलाडीहरुको प्रेस विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘मलाई त चित्त बुझेको छैन भने खेलाडीहरुलाई झन कसरी चित्त बुझ्ला । मेरो समर्थन जहिले पनि खेलाडीहरुलाई ।’

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि खेलाडी कारबाही भने आफ्नो धारणा राखेका छन् । पारसले आफू खेलाडीको समर्थनमा रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘हामी हाम्रो क्रिकेट खेलाडीहरुको समर्थनमा छौं । उनीहरुलाई धेरै नराम्रो व्यवहार गरिएको छ र न्याय दिनुपर्छ । आशा छ क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ । खेलाडीहरुले फेब्रुअरीमा हुने टि२० ग्लोबल छनोटमा ध्यान केन्द्रित हुनेछन् ।’

सामाजिक सञ्जालमा क्यानको चर्को आलोचना भएको छ । केहि समर्थकहरुले क्यानलाई समर्थन पनि दिएका छन् । विगतको तुलनामा खेलाडी अनुशासनमा बस्नुपर्ने भन्ने धारणा राख्नेको संख्या पनि बढेको छ ।

चार खेलाडीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै कारबाहीलाई पूनर्विचार गर्न आग्रह गरेका थिए । पूनर्विचार नगरेसम्म क्रिकेट नखेल्ने मनासय देखाएका थिए । क्यानले मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण राख्ने जनाएको छ । तर कारबाही प्रकरणले भने चर्कोरुप लिएको छ ।

क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । सन्दीप भने बिग ब्यास लिग खेल्ने अष्ट्रेलियामा छन् । सन्दीपलाई कप्तानी दिएकोमा खेलाडीहरुलेनै असन्तुष्टि जनाएका छन् । नेपालले फेब्रुअरीमा आइसिसी ग्लोबल टि२० विश्वकप छनोट खेल्नेछ । तीव्र तयारी गर्नुपर्ने अवस्थामा नेपालमा भने खेलाडी र क्यानबीच चर्को विवाद भएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.