4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप वुमन्स राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश साविक विजेता प्रदेश १ सँग ६ रनमा अल आउट भएको छ । प्रदेश १ ले कर्णालीलाई १ सय ६० रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको ११.४ ओभरमा ६ रनमा अल आउट भयो । कर्णालीका ८ ब्याटर खाता खोल्न सकेनन् । कप्तान आयुशा टन्डनले २८ बल खेल्दै सर्वाधिक तीन रन बनाइन् । अन्शु शाक्य र लक्ष्मी रिमालले एक एक रन बनाए । प्रदेश १ की अलिशा खडियाले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ५ विकेट लिइन् । संगिता राइले दुई र सबनम राइले १ विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले ६४ बलमा १० चौकासहित सर्वाधिक ७६ रन बनाइन् । अप्सरी बेगमले ६२ बलमा ५ चौका सहित ६१ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि रुविना र बेगमले १ सय ६४ रनको साझेदारी गरेका थिए ।
त्यस्तै अर्को खेलमा लुम्बिनी प्रदेशले बागमतीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ७६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीकी कप्तान सरस्वती जिएमले २५ बलमा ५ चौकासहित २९ रनमा अविजित रहिन् । नितु भण्डारी १४, लक्ष्मी चौधरी २, नेरी थापा ८ र सरस्वती पुनले ९ रन बनाए । बागमतीका आरती बिडारी, अस्मिना कर्माचार्य र खुशी डंगोलले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । बागमतीको ओपनर हेलिसा गुरुङले ५३ बलमा २ चौका प्रहार गर्दै २८ रनको योगदान दिइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशका मधु डिसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । सुस्मिता भुषालले २, नेरी थापा र स्वस्तिका बजागाइले १–१ विकेट लिइन् ।
प्रतियोगितामा ७ प्रदेश र एपिएफ गरि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र गण्डकी प्रदेश छन् । हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल पुष १० र फाइनल पुष ११ मा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]