default_image

4 years ago

December 19, 2021

केल्मीद्वारा नेपाली क्रिकेटलाई पोशाक प्रायोजन

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजक गर्ने भएको छ ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका प्रबन्ध निर्देशक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास, कामारुका सिइअ‍ो उत्तम न्यौपाने लगायतको उपस्थिति थियो ।

सम्झौता अनुसार केल्मीले नेपालको सिनियर पुरुष र महिला हुँदै यू–१९ र यू–१६ अन्तर्राष्ट्रिय टोलीलाई प्रायोजन गर्नेछ । राष्ट्रिय प्रतियोगितामा भने यो लागु हुने छैन । सम्झौता दुई वर्षको हुनेछ । सम्झौता अनुसार ट्याक, जर्सी, क्याप, ब्याग लगायतका सामाग्री दुई वर्ष सम्म क्रिकेट टोलीलाई प्रदान गर्नेछ ।

क्यानले महिला पुरुष सिनियर र उमेर समूह गरेर वर्षमा कम्तिमा १३ विदेश भ्रमणलाई प्रायोजन गर्नेछ । क्यानले यसअघि हरेक प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च गर्दै आएकोमा अब उक्त खर्च कटौती हुनाका साथै स्तरीय सामाग्री प्रयोग गरिनेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केल्मी नेपाललाई धन्यावाद दिँदै नेपाली क्रिकेटको लागि एक महत्वपूर्ण दिन भएको बताए । विश्वको उत्कृष्ट मध्यको कम्पनी पाएकोमा चन्दले खुशी ब्यक्त गरेका थिए ।

केल्मीका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट टोलीलाई प्रायोजन गर्न पाउँदा खुशी ब्यक्त गरे । उनले विगतमा फुटबल, तेक्वान्दो, लगायत विभिन्न राष्ट्रिय टोली प्रायोजन गर्दै आएको र नेपाली खेलकुद विकासमा सहयोग गर्न सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.