default_image

4 years ago

December 19, 2021

लगातार दोस्रो जितसँगै प्रदेश १ र लुम्बिनी सेमिफाइनलमा

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश लगातार दोस्रो जितका साथ सेमिफाइनलमा पुगेका छन् । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै तथा प्रदेश १ ले बागमती प्रदेशलाई ५५ रनले हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा कर्णालीमाथि लुम्बिनीले सहज जित हात पार्यो । हुस्सुको कारण पहिलो खेल ६–६ ओभरमा झारिएको थियो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै १७ रन बनायो । कर्णालीकी कप्तान आयुशा टन्डनले १६ बलमा ७ रन बनाइन् । दीक्षा पुरी ११ बलमा ७ रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशकी सुस्मिता भुषालले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले एक विकेट लिइन् ।

१८ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओपनर लक्ष्मी चौधरी ९ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । नेरी थापा ५ रनमा अविजित रहिन् । फाप्लामा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।

प्रदेश १ की अप्सरी बेगमले ६१ बलमा २ चौकासहित सर्वाधिक ५१ रनमा अविजित रहिन् । स्मृति कटवालले २० र सबनम राईले १५ रन जोडिन् । कप्तान रुविना क्षेत्री १ र ओपनर काजल श्रेष्ठ शून्यमा आउट हुँदा अप्सरी बेगम र स्मृति कटवालले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । बागमती प्रदेशकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । स्पिनर खुशी डंगोलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् ।


१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो । बागमतीकी सुमन खतिवडाले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २१ रन बनाइन् । अश्मिना कर्माचार्यले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका पाँच खेलाडी रन आउट भएका थिए । रुविना क्षेत्री, ज्योति दनुवार र अलिसा खडियाले १–१ विकेट लिए ।

पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराएको थियो । प्रदेश १ समूह ए बाट २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनी प्रदेश २ खेलबाट ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

कर्णाली र बागमती एक खेल अगावै बाहिरिएका छन् । मंगलबार प्रदेश १ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलबाट समूह ए को विजेता र उपविजेता निर्धारण हुनेछ । त्यसैदिन बागमती र कर्णालीले अन्तिम खेल खेल्नेछन् । सोमबार समूह बी का खेलहरु हुनेछन् । पहिलो खेलमा नेपाल एपिएफ क्लब र प्रदेश २ तथा दोस्रो खेलमा सुदूरपश्चिम र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दुबै समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल पुष १० र फाइनल ११ गते हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.