4 years ago
December 19, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस) ले नेपाली महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई ८० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कविताको दुखाइ समर्थकको मल्हम अभियानबाट संकलन भएको ८० हजार रकम आइतबार एनसिएसएसले हस्तान्तरण गरेको हो । उपचारको क्रममा काठमाडौंमा रहेकी कवितालाई एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए । कविताले सहयोग गर्ने सम्पूर्णलाई समर्थललाई धन्यवाद ब्यक्त गरिन् ।
गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट लागेको थियो । सुदूरपश्चिमविरुद्ध ललितपुर ११ बाट कविताले फिल्डिङ गर्नेक्रममा खुट्टामा चोट लागेको थियो । उक्त खुट्टा उपचारको लागि पर्याप्त आर्थिक अवस्था नभएको कथा बाहिरिएपछि एनसिएसएसले अभियान चलाएको थियो।
वुमन्स च्याम्पियन्स लिग ९डब्लूसीएल० २०१९ मा मा चितवन राइनोजलाई कविताले उपाधि जिताउन ५ खेलमा १० विकेट लिदै उत्कृष्ट बलर चुनिइन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटमा परेकी थिइन् । तर त्यसबेला पारिवारिक कारणले उनी छनोटमा सहभागी हुन पाइनन् ।
कविता सन् २०१२ मा कुवेतमा भएको एसीसी यू१९ वुमन्स च्याम्पियन्स मा नेपालले उपाधि जित्दा टोलीको उप कप्तान थिइन् । रुविना क्षेत्रीको कप्तानीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा कविताले प्रभावशाली प्रदर्शन गरिन् । त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै कविताले सन् २०१४ मा थाइल्यान्ड नेपालको सिनियर टोलीबाट कविताले खेलेकी थिइन् । त्यसबेला उनले चीन र हङकङसँग मैदान उत्रने अवसर पाएकी थिइन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]