default_image

4 years ago

December 19, 2021

कप्तान बनेपछि सन्दीपले भने – ‘टोलीमा सबैको लागि ढोका खुल्ला छ’

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएपछि सन्दीप लामिछानेले टोलीमा सबैको लागि ढोका खुल्ला रहेको बताएका छन् ।

आइतबार सन्दीपले सामाजिक सञ्जाल मार्फत उक्त सन्देश दिएका हुन् । बुधबार नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुशासनको कारण ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो ।

‘छातीमा नेपालको झण्डा बोक्ने सपना मेरो सधैं थियो । अब नेपाली क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित महसुस गरेको छु’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्।

‘क्यानप्रति कृतज्ञ छु । नेपालका महान जनता र विश्वभरका सबै समर्थकहरुलाई निःशर्त समर्थन र प्रार्थनका लागि । आगमी टिम योजना सामान्य छ, नेपाललाई क्रिकेटलाई विश्व क्रिकेटको नक्सामा चिनाउन र थप प्रभावकारी बनाउन हामी परिवारको रुपमा खेल्ने छौं । एउटा टिम हुनेछ । एकता हुनेछ । टोलीको ढोका सबैको लागि खुल्ला हुनेछ ।’

‘सबै सहयोगी राष्ट्रहरूले हामीलाई पूर्ण रूपमा समर्थन गरेका छन् । क्यान र आईसीसीको छलफलमा हामीले पूर्ण सदस्य राष्ट्रहरूसँग पनि थप क्रिकेटका लागि पहल गर्नुपर्छ । हामीसँग धेरै कामहरू छन् र सँगै हामी जे पनि गर्न सक्छौं’, उनले लेखेका छन् ।

सन्दीप हाल बिग ब्यासको लागि अष्ट्रेलियामा छन् । सन्दीप होबार्ट हरिकेन्सबाट बिग ब्यास लिग खेल्दै आएका छन् ।

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल र कमलले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा असहमति जनाएपछि स्पष्टीकरण सोधेको थियो । क्यानले दुई पटक खेलाडीलाई स्पष्टीकरण सोधेको थियो । ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए । त्यसपछि विवाद झन बढ्दै गएको थियो । अन्तिममा क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको हो ।

ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को केन्द्रिय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णय पनि गरेको थियो । सन्दीप नेपालका दशौं कप्तान हुन् । सन्दीपले नेपाली यू१९ टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसकेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निरन्तर खेल्दै आएका छन् । सन्दीपले इन्डियन प्रिमियर लिग(आइपिएल) देखि बिग ब्यास लिग सम्म खेलिसकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.