4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोलीका प्रशिक्षक वसन्त शाही ठकुरीले एसिसी यू–१९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल खेल्ने बताएका छन् । यू-१९ एसिया कप खेल्नुअघि शाहीले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हामीले छोटो समयलाई सदुपयोग गरेर राम्रो तयारी गर्यौै । वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो ब्याटिङ प्रदर्शन भएको थियो । विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबसँगको तयारीले मनोबल झनै उच्च भएको छ’, प्रशिक्षक शाहीले भने ।
‘टिम सन्तुलित छ । सबैभन्दा ठूलो कुरा युवा खेलाडीहरुको समूह छ । यो भन्दा अघिको यू-१९ मा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी समावेश हुन्थे । युवाहरुको जोश जाँगर बढी हुन्छ त्यसले पनि फाइदा बढी हुनेछ । अलिकति बेफाइदा भनेको अनुभवी खेलाडीहरु टोलीमा छैनन्’, उनले भने ।
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको कारण धेरै फाइदा भएको बताए । शाहीले यू–१९ राष्ट्रिय प्रतियोगिता लिगमा गराएकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यावाद दिए । ‘पहिलो पटक सातै प्रदेश एक आपसमा खेले । क्रिकेटको विकाशको लागि राम्रो पक्ष हो । धेरै खेलहरु खेल्न पाए । हाम्रो कमजोरी ब्याटिङ मानिन्थ्यो । तर यसपटक धेरै रन बनेको छ । सबै कुरा लिगमा आयोजना गरेर हो । यू-१९ राष्ट्रिय प्रतियोगिताले तयारी गर्न सहज भयो,’ उनले भने ।

त्यसैमा शाहीले थपे, ‘टेस्ट टोलीको ग्रास रुटदेखिको विकास र संरचना नै धेरै फरक हुन्छ । टेस्ट टोली भएर हामीलाई मतलब भएन । हामीविरुद्ध एउटा टोली खेलेको छ भनेर मैदानमा खेल्ने छौं । हाम्रो पहिलो लक्ष्य टेस्ट टोलीलाई आश्चर्यचकित पार्दै सेमिफाइनल खेल्ने हुनेछ।’
‘ब्याटिङ हाम्रो बलियो पक्ष हो । हामीले विशेषत तीव्र गतिको बलिङमा काम गर्नुपर्छ । फिटनेस केहि कमजोरीको रुपमा छ’, उनले भने ।
टेस्ट राष्ट्र भनेपछि बलिया हुन्छन् नै । बंगलादेश त अझ साविक विश्वकप विजेता टोली हो । श्रीलंकाले लगातार अभ्यास खेलहरु खेल्दै आएको छ । उनीहरुले आफ्नो तयारी राम्रो गरेको छन् । उनीहरु एसिया कपलाई तयारीको रुपमा लिँदै विश्वकप खेल्न जानेछन् । हाम्रो पहिलो लक्ष्य सेमिफाइनल हुनेछ’, शाहीले विपक्षी टोली बारे भने ।
शाहीले यसअघि नेपाली यू-१६ टोलीलाई दुई अन्तर्राष्ट्रिय उपाधि जिताएका छन् । उनकै प्रशिक्षकमा लुम्बिनी प्रदेशले यस पटकको यू–१९ राष्ट्रिय प्रतियोगिता उपाधि जितेको थियो । उनले पहिलो पटक यू–१९ टोली सम्हाल्न लागेका हुन् । त्यसैले आफूलाई यो चुनौती र अवसर दुवै रहेको बताए ।
शाहीले नेपाली सिनियर टोलीको सहायक प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । अभ्यास खेलमा नेपाली यू-१९ टोलीले नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा एपिएफसँग ३ विकेटले पराजित भएको थियो ।
यू-१९ एसिया कपमा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म) युएईमा चल्नेछ ।

नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।
दुवै समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।
नेपाली यू-१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उप-कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : वसन्त शाही ठकुरी
सहायक प्रशिक्षक : कलाम अली
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]