default_image

4 years ago

December 26, 2021

रुविना सर्वोत्कृष्ट, अप्सरी र अलिशा पनि उत्कृष्ट

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएकी छिन् । फाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएपनि साविक विजेता प्रदेश नम्बर एकका खेलाडीले ब्यक्तिगत अवार्डमा भने क्लिनस्विप गरेका छन् ।

तस्विर : सौजन्य, डिल्लीराज ओझा

प्रदेश एकलाई फाइनल सम्म पुर्याउन रुविनाले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । फाइनलमा नेपाल एपीएफ क्लबसँग प्रदेश एक ७ विकेटले पराजित भएको थियो । रुविनाले ५ खेलमा १ सय ५७ रन बनाउनुको साथै ८ विकेट लिएकी थिइन् । रुविनाले पहिलो खेलमा कर्णालीसँग ७६ रनको इनिङ खेलेकी थिइन् । बागमतीसँग एक रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् ।

लुम्बिनीसँग १५ रन बनाउनुको साथै तीन विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएकी थिइन् । सेमिफाइनलमा सुदूरपश्चिमविरुद्ध ३१ रनमा अविजित रहँदा एक विकेट लिएकी थिइन् । फाइनलमा एपीएफविरुद्ध ३४ रन बनाउनुको साथै तीन विकेट लिएकी थिइन् । सर्वोत्कृष्ट रुविनाले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रदेश एककी अप्सरी बेगमले ५ खेलमा २ अर्धशतक सहित १ सय ७६ रनका साथ शीर्षस्थानमा रहिन् । प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याटर बनेकी अप्सरीले कर्णालीसँग ६१ र बागमतीसँग ५१ रनमा अविजित रहेकी थिइन् । लुम्बिनीसँग ४४ रनमा अविजित रहँदा सुदूरपश्चिमसँग ९ रन जोडेकी थिइन् ।

एपीएफसँग ११ रनमा आउट भएकी थिइन् । अन्य सबै खेलमा अविजित रहेपनि फाइनलमा मात्र आउट हुन पुगेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी बेगमले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रदेश एककी अलिशा खडियाले ५ खेलमा १७ ओभर बलिङ गर्दै ५ मेडन राख्दै ४३ रन खर्चेर ९ विकेट लिइन् । अलिशाले कर्णालीसँगको खेलमा ५ विकेट लिएकी थिइन् । लुम्बिनीसँग २, बागमती र सुदूरपश्चिमविरुद्ध १–१ विकेट लिएकी थिइन् । उत्कृष्ट बलर अलिशाले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

आइतबार भएको फाइनलमा एपीएफले साविक विजेता प्रदेश नम्बर एकलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

एपीएफको जितमा ओपनर ज्योति पाण्डे ३९ बलमा ६ चौकासहित ३६ रनको अविजित विजयी इनिङ खेलिन् । ममता चौधरी २३ बलमा २ चौका सहित १९ रनमा अविजित रहिन् । प्रदेश एककी कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । एपीएफकी रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् ।

एपीएफकी सीता रानामगरले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् ।विजेता एपीएफले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख प्राप्त गर्ने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.