default_image

4 years ago

December 26, 2021

श्रीलंकाविरुद्ध अर्जुनको अर्धशतक

180 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका विकेटकिपर अर्जुन साउदले एसिसी यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ । अर्जुन साउद ७८ बलमा ३ चौका र २ छक्का सहित ६२ रनमा अविजित छन् । जारी यू-१९ एसिया कपमा नेपालबाट अर्धशतक प्रहार गर्ने अर्जुन पहिलो खेलाडी हुन् । अर्जुनले ७३ बलमा अर्धशतक पूरा गरेका थिए ।

कप्तान देव खनाल ४५ बलमा ४ चौकासहित २८ रनमा क्याच आउट भए । ओपनर सन्तोष कार्की ३४ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोड्दै आउट भए । ओपनर देव खनाल र सन्तोष कार्कीले ११ ओभरमा ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सन्तोष माथिशा पाथिरानाको बलमा बोल्ड आउट हुन पुगेका थिए । १७ औं ओभरको तेस्रो बलमा देवलाई रविन डि सिल्भाले सदिशा राजपक्षेबाट क्याच आउट गराए ।

डि सिल्भाले नै २१ औं ओभरको तेस्रो बलमा वसन्त कार्कीलाई १ रनमा क्याच आउट गराए । रविन डि सिल्भाको बलमै विवेक रानामगर २ रनमा आउट भएका थिए । तर पाँचौं विकेटका लागि अर्जुन साउद र बशिर अहमदले ८७ बलमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । बशिर शेभन डेनियलको ३६ औं ओभरको पाँचौं बलमा सहान कुमाराबाट ४३ रनमा क्याच आउट भए । उनले ५१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २२ रन बनाएको थियो । श्रीलंकाका तेस्रो नम्बरका ब्याटर सदिशा राजपक्षेले १ सय १९ बलमा ११ चौका र २ छक्का सहित १ सय ३१ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

ओपनर चामिन्दु विक्रमसिंघे १ सय २६ बलमा ८ चौका र २ सहित १ सय ११ रनको शतकीय इनिङ खेले । दोस्रो विकेटका लागि चामिन्दु र सदिशाले १ सय ९७ बलमा २ सय २३ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि नेपाली बलर श्रीलंका ब्याटर सामू निरीह बनेका थिए । नेपालका मोहम्मद आदिल अन्सारीले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.