default_image

4 years ago

December 27, 2021

सन्दीपको लगातार खराब प्रर्दशन

199 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को २२ औं खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । एडिलेडले होबार्टलाई १ सय ७६ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएका छन् । म्याट रेनशाले ४१ बलमा ९ चौका सहित ६३ रन बनाए । जेक वेदरल्डले ४३ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए । थोमस केलीले १८ बलमा १ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

सन्दीपले ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । होबार्टका राइली मेरिडिथले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । खराब बलिङपछि होबार्टले पुरै स्पेल बलिङ दिएको थिएन । सन्दीप लगातार तेस्रो खेलमा विकेट विहीन बनेका हुन् ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले आफ्नो पहिलो ओभरमै तीन चौकासहित १४ रन खर्चिदै खराब सुरुवात गरेका थिए । छैटौं ओभरको पहिलो र दोस्रो बलमा रेनशाले सन्दीपलाई लगातार चौका प्रहार गरे । तेस्रो बलमा एक रन खर्चिदा चौथो बलमा चौका खर्चिएपछि महँगो बनेका थिए । वेदरल्डले फाइन लेगमा सन्दीपलाई चौका प्रहार गरेका थिए । पाँचौं बलमा डट र अन्तिम बलमा एक रन खर्चिए ।

त्यसपछि होबार्टले सन्दीपलाई १२ औं ओभरमा बलिङमा ल्याएको थियो । १२ औं ओभरको पहिलो बलमा रेनशाले चौका प्रहार गरे । दोस्रो बलमा डट र तेस्रो बलमा एक रन लिए । चौथो, पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए । सन्दीपले १७ औं ओभरमा ९ रन खर्चिए । पहिलो बल थोमस केलीलाई डट राखेका थिए । दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा जोनाथन वेल्सले दुई र चौथो बलमा चौका प्रहार गरे । पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए ।

जारी बिग ब्यासमा सन्दीप ६ खेल मध्य चौथो खेलमा विकेट विहीन बनेका हुन् । सन्दीप लगातार तेस्रो खेलमा विकेट विहीन बनेका हुन् । सन्दीप नेपाली टोलीको कप्तान बनेपछि बिग ब्यासका तीन खेल खेलेका छन् । तीनै खेलमा सन्दीप विकेट विहीन बनेका हुन् । यसअघि मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चेका थिए ।

पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । समग्रमा सन्दीपले जारी बिग ब्यासमा ६ खेलमा २३ ओभर बलिङ गर्दै १ सय ८२ रन खर्चेर २ विकेट लिएका हुन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.