default_image

4 years ago

December 28, 2021

यू–१९ एसिया कप : नेपालको कुवेतसँग प्रतिष्ठाको लडाई

221 views

0 Bookmark

काठमााडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शारजाह क्रिकेट स्टेडियममा हुनेछ ।

नेपाल र कुवेत दुबै सुरुवाती दुई खेलमा लगातार हार सहित प्रतियोगिताबाट बाहिरी सकेका छन् । समूह बी बाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल र कुवेत दुबै टोलीलाई आजको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ । नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । कुवेत श्रीलंकासँग २ सय ७४ र बंगलादेशसँग २ सय २७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले दुबै खेलमा हार्नुको प्रमुख कारण कमजोर बलिङ हो । नेपालविरुद्ध श्रीलंकाले ३ सय २२ रनको योगफल जोडेको थियो । तीव्र गतिका बलर गुलशन झाले दुबै खेलमा खराब प्रदर्शन गरेका छन् । उनको स्थानमा नेपालले प्रकाश जैशीलाई मौका दिने सम्भावना छ । गुलशनले पहिलो खेलमा बंगलादेशविरुद्ध १० ओभरमा ६० रन र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६ ओभरमा ३० रन खर्चेका थिए । आदिल अन्सारीको स्थानमा दीपेश कडेललाई मौका दिने सम्भावना छ । खेल प्रतिष्ठाको लडाईंमात्र भएको हुँदा नेपालले मौका नपाएका खेलाडीलाई अवसर दिनसक्छ ।

ब्याटिङमा भने नेपालले राम्रो प्रभाव छाडेको थियो । विकेटकिपर अर्जुन साउदले ८० बलमा ६४ रनको योगदान दिएका थिए । विवेक यादवले ४६, बशिर अहमद ४३, देव खनाल २८ र सन्तोष कार्कीले ३४ रन जोडेका थिए । नेपाल अर्जुन साउद, देव खनाल र विवेक यादवबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । एक रनमा आउट भएका बसन्त कार्कीको स्थानमा अर्जुन कुमाललाई मौका दिनसक्छ ।


कुवेत श्रीलंकासँग ४९ र बंगलादेशसँग ६४ रनमा अल आउट भएको थियो । कुवेतको ब्याटिङ निकै कमजोर देखिएको छ । तर ओपनर तथा कप्तान मिट भाभ्सरभने घातक बन्न सक्छन् । उनले दुबै खेलमा राम्रो प्रभाव छाडेका छन् ।


हेड टु हेड :

नेपालले कुवेतसँग चार यी १९ खेलमा हारेको छैन । सबै खेलमा सहज जित हात पारेको छ । २०१९ मा ८ विकेट, २०१५ मा ८३ रन, २ सय १४ मा २ सय ६२ रन र २०१३ मा ८४ रनले विजयी भएको थियो ।

नेपाली यू-१९ टोली :

देव खनाल (कप्तान), शेर मल्ल (उप(कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र वसन्त कार्की ।

समूह ए को विजेता पाकिस्तानले सेमिफाइनलमा समूह बी को उपविजेता खेल्नेछ । समूह ए को उप विजेता भारतले समूह बी को विजेतासँग खेल्नेछ । बुधबार बंगलादेश र श्रीलंकाबीचको नतिजाले विजेता निर्धारत गर्ने छ । सेमिफाइनल बिहीबार र फाइनल शुक्रबार हुनेछन् ।

अंक तालिका

पाकिस्तान समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । भारत ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । अफगानिस्तान ३ खेलमा १ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रहेर बाहिरीयो । युएई तीन खेलमा विहीन हुँदै वाहिरीयो ।

समूह बी मा बंगलादेश २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । समान २ खेलमा अंक विहनी हुँदै नेपाल तेस्रो र कुवेत पुछारमा छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.