default_image

4 years ago

December 28, 2021

अष्ट्रेलियालाई दुई खेल अगावै एसेज ट्रफी

224 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै एसेज ट्रफी जितेको छ । तेस्रो टेस्टमा इंग्ल्यान्डलाई १४ रनको इनिङ अन्तरले पराजित गर्दै पाँट टेस्टको एसेज ट्रफी दुई खेल अगावै जितेको हो । एसेज ट्रफी विश्वकै एक प्रतिष्ठित टेस्ट सिरिजमा पर्दछ ।

अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर स्कट बोल्यान्डको घातक बलिङसँगै इंग्ल्यान्ड दोस्रो इनिङमा २७.४ ओभरमा ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुटले ५९ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । बेन स्टोक्स ११ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका स्कट बोल्यान्डले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ६ विकेट लिए । मिचेल स्टार्कले ३ र क्यामरन ग्रिनले १ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा ८७.५ ओभरमा २ सय ६७ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया ओपनर मार्कस हरिसले १ सय ८९ बलमा ७ चौका सहित ७६ रनको योगदान दिए । डेविड वार्नर ३८, ट्रविस हेड २७, स्टिभ स्मिथ १६, क्यामरन ग्रिन १७, एलेक्स केरी १९, प्याट कमिन्स २१ र मिचेल स्टार्कले २४ रन जोडे ।

इंग्ल्यान्डका जेम्श एन्डरसनले सर्वाधिक ४ विकेट लिए । ओली रोविन्सन र मार्क वुडले २–२ विकेट लिए । मेलबर्न क्रिकेट ग्राउन्ड लर्ड्समा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ६५.१ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डका जो रुटले ८२ बलमा ४ चौकासहित सर्वाधिक ५० रन बनाए । जोनी बेयरस्टो ३५, बेन स्टोक्स २५ र ओली रोबिन्सनले २२ रनको योगदान दिए ।

अष्ट्रेलियाका प्याट कमिन्स र नथान लायनले ३–३ विकेट लिए । मिचेल स्टार्क २, स्कट बोल्यान्ड र क्यामरन ग्रिनले १–१ विकेट लिए । पाँच टेस्टको एसेज ट्रफीमा अष्ट्रेलिया पहिलो खेलमा ९ विकेट र दोस्रो खेलमा २ सय ७५ रनले विजयी भएको थियो । चौथो टेस्ट ५ जनवरीदेखि सिड्नी क्रिकेट मैदानमा सुरुहुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.