default_image

4 years ago

December 28, 2021

क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु नेपाल आइपुगे

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नेपाल आइपुगेका छन् । पुबुदु मंगलबार दिउँसो १२ : ५ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।

म नेपाल फेरि फर्किएर आउँदा धेरै खुसी छु । म पहिला आउँदा र अहिले आउँदा धेरै फरक छ । नेपाल अहिले ओडिआई देश हो । नेपालमा राम्रो प्रतिभा छन्’ , पुबुदुले भने । पुबुदुले खेलाडी र क्यानबीच देखिएको विवाद सामान्य रहेको बताए । ‘खेलाडी र क्यानबीचको विवाद सामान्य कुरा हो । यो विवाद कोठामा बसेर समाधान गर्न सकिन्छ’, उनले भने ।

गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ मा पुबुदुलाई नियुक्त गरेको थियो । श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ ।

सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए ।

पुबुदुको अवको मुख्य उदेश्य फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० ग्लोबल विश्वकप छनोट ए मा हुनेछ । शीर्ष दुईमा रहँदै विश्वकप खेल्न नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । विनोदका अनुसार नेपालले आज साँझ बन्द प्रशिक्षणको मिति तय गर्नेछ । डिसेम्बर २१ देखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने भनेपनि खेलाडीसँगको विवादको कारण स्थगित भएको थियो ।

तर खेलाडी र क्यानको किचलो र विवादको कारण नेपाली टोलीले तयारी थाल्न सकेको छैन । खेलाडीभित्र रहेको गुटउपगुट पुबुदुको मुख्य चुनौती हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.