default_image

4 years ago

December 28, 2021

विवेक र बशिरको अर्धशतकमा कुवेतलाई चुनौतीपूर्ण लक्ष्य

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर विवेक रानामगर र अलराउन्डर बशिर अहमदको अर्धशतकमा नेपालले एसिसी यू–१९ एसिया कपमा अन्तिम खेलमा कुवेतलाई २ सय ४० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

शारजाहमा टस हारेर ब्याटिङ थालेको नेपाल ४२.३ ओभरमा २ सय ३९ रनमा अल आउट भयो । नेपालका स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रनको योगदान दिए ।

एक समय ४.३ ओभरमा २७–३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि विवेक रानामगर र बशिर अहमदले १ सय १५ बलमा ९२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । आदिल अन्सारीले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा आउट भए ।

कुवेतका तीव्र गतिका बलर मिर्जा अहमदले शीर्षक्रमका तीन ब्याटरलाई आउट गरेपछि पावर प्लेमै नेपाल धरासय बनेको थियो । पहिलो ओभरको पाँचौं बलमा अहमदले सन्तोष कार्कीलाई मिट भाभ्सरबाट ५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

तेस्रो ओभरको दोस्रो बलमा कप्तान देव खनाललाई ५ रनमा बोल्ड आउट गरे । विवेकटकिपर अर्जुन साउदलाई मिर्जाले १० रनमा बोल्ड गर्दा नेपाल ४.३ ओभरमा २७–३ को अवस्थामा पुगेको थियो । त्यसपछि विवेक रानामगर, बशिर र आदिल अन्सारीले इनिङ उकासेका थिए ।
विवेक यादव शून्य र गुलशन झा ७ रनमा आउट भए । तल्लोक्रमका आठौं विकेटका लागि आदिल र शेर मल्लले ६० बलमा ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । शेर २६ बलमा ३ चौकासहित २१ रनमा आउट भए । दीपेश कँडेलले २१ बलमा २ चौका र १ छक्कासहित १५ रनको योगदान दिए ।

कुवेतका मिर्जा अहमदले ५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । अब्दुल सदिकले ७.३ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । हेनरी थोमसले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । मोहम्मद बास्तकीले ५ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.