default_image

2 years ago

December 28, 2021

‘क्यान र खेलाडीको विवाद सामान्य हो’ – प्रशिक्षक पुबुदु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच पछिल्लो समय देखिएको विवाद सामान्य रहेको बताएका छन् । मंगलबार नेपाल आइपुगेका दसानायकेले उक्त प्रतिक्रिया दिएका हुन् । ‘म दुई महिना अघि एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि आएको थिएँ । नेपाल फेरि फर्किएर आउँदा धेरै […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच पछिल्लो समय देखिएको विवाद सामान्य रहेको बताएका छन् । मंगलबार नेपाल आइपुगेका दसानायकेले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘म दुई महिना अघि एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि आएको थिएँ । नेपाल फेरि फर्किएर आउँदा धेरै खुसी छु । म २०११ मा पहिलो पटक आउँदा र अहिले धेरै फरक छ । त्यो बेला नेपाल डिभिजन फोरमा थियो । अहिले नेपाल ओडिआई र टि२० आई मान्यता भएको देश हो । प्रतिभामा फरक महसुस गरेको छु’, पुबुदुले भने ।

‘केहि कुरामा काम गर्नु छ । पक्कैपनि नेपाल अर्को स्तरमा पुग्नेछ’, उनले भने ।

‘क्रिकेटको हिसाबमा नेपालमा सुधार भएको छ । सकारात्मक कुरा नेपालमा धेरै राम्रा प्रतिभा आई रहेका छन् । विश्व क्रिकेट संरचनामा नेपालले परिवर्तन गर्नुपर्छ । योजना सहित काम गर्न मैले अगाडि हेरि रहेको छु’, उनले भने ।

पछिल्लो समय क्यान र केहि सिनियर खेलाडीबीच सम्बन्ध राम्रो छैन । क्यानले २०२१ को अन्तिम ६ महिना ग्रेड विषयलाई लिएर मिडियामा गएको भन्द्र ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । सोमपाल कामी, ज्ञानेन्द्र, दीपेन्द्र र कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्ने जनाएको थियो । त्यस विषयलाई लिएर अहिले चर्चा भइरहेको छ ।

‘मलाई लाग्छ यो सामान्य कुरा हो । मलाई लाग्छ कोठामा बसेर सबै कुरा छलफल गर्न सकिन्छ । म पनि यो विवाद चाहन्न । सबै खेलाडीले मलाई सहयोग गर्नेछन् । क्यान व्यवस्थापनले पनि सहयोग गर्नेछन । सबैले नेपाली क्रिकेट बनेर सोच्नुपर्छ । एक व्यक्तिमा रोकिनु हुँदैन । सबै समस्या समाधान हुनेछन्,’ उनले भने ।

‘म केहि खेलाडीसँग सम्पर्कमा थिए । म फर्किएर आउँदा सबै जना सकारात्मक छन् । टि२० विश्वकप ग्लोबल छनोटको लागि तयारी गर्न धेरै छोटो समय छ । मलाई लाग्छ नेपाल तयार छ । बन्द प्रशिक्षणमा एउटा मोमेन्ट बनाउनेछौं । अबको दिनबाट नेपालले कुनैपनि विश्वकप छुटाउनु पर्दैन’, उनले भने ।

गत असोजमा अष्ट्रेलियन प्रशिक्षक देव ह्वाटमोरले छाडेपछि मंसिर २५ मा नियुक्त गरेको हो । पुबुदु नेपालमा दोस्रो पटक मुख्य प्रशिक्षकको रुपमा सम्हाल्दै छन् । यसअघि पुबुदुले २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए । पुबुदुको प्रशिक्षकमा नेपालले २०१४ मा टि२० विश्वकप खेलेको थियो । जुन नेपाली क्रिकेटको सर्वाधिक सफलता मानिन्छ । त्यस्तै डिभिजन फोर र थ्रीको उपाधि जितेको थियो । पुबुदुले नेपाललाई ओडिआई स्तरको हैसियतमा पुर्याएर छाडेका थिए । २०१५ मा पुबुदुले नेपाल छाडेका थिए ।

नेपालले फेब्रुअरीमा ओमानमा आइसिसी टि२० ग्लोबल छनोट ए खेल्दै छ । अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन नेपालले शीर्ष दुईमा स्थान बनाउनुपर्ने हुन्छ । पुबुदुको मुख्य चुनौतीको रुपमा टि२० विश्वकप ग्लोबल छनोट हुनेछ । त्यस्तै पछिल्लो समय नेपाली क्रिकेट टोलीमा गुटउपगुटले एकता कमी हुँदै गएको छ । गुटउपगुट अन्त्य गर्दै टोलीमा एकता फर्काउनु अर्को चुनौती हुनेछ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.