default_image

4 years ago

December 28, 2021

बलिङमा नेपालको खराब सुरुवात

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू–१९ एसिया कपमा नेपालले कुवेतविरुद्ध बलिङमा खराब प्रदर्शन गरेको छ । शारजाहमा जारी खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले सुरुवाती १२ ओभरमा कुनै विकेट नगुमाउँदै ८० रन बनाएको छ ।


कुवेतका कप्तान मिट भावसारले ४६ बलमा १० चौका सहित ५४ रन जोडेका छन् । उनलाई जुडे जोहन साल्दान्हाले २६ बलमा २ चौका सहित १७ रन जोड्दै राम्रो साथ दिएका छन् ।

सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर गुलशन झाले पहिलो ओभरमै २१ रन खर्चिदै खराब सुरुवात दिलाएका थिए । दोस्रो ओभरमा बलिङ गर्न आएका प्रकाश जैशीले तीन चौकासहित १५ रन खर्चेपछि कुवेतले सुरुवाती दुई ओभरमै ३६ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो । शेर मल्लले ५ ओभरमा २६ रन खर्चेका छन् । बशिर अहमदले ३ ओभरमा ६ रन र देव खनालले १ ओभरमा ९ रन खर्चिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको नेपाल ४२.३ ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रनको योगदान दिए ।

एक समय ४.३ ओभरमा २७–३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि विवेक रानामगर र बशिर अहमदले १ सय १५ बलमा ९२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । आदिल अन्सारीले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा आउट भए । कुवेतका मिर्जा अहमदले ५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । अब्दुल सदिकले ७.३ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.